नगाउॅं, 04 नोभेम्बर (हि.स.)। भारतीय जनता पार्टीले विधानसभा उपचुनाउमा कांग्रेस उम्मेदवारले नानीहरूलाई चुनाउ कार्यमा लगाएको आरोप लगाएको छ। भाजपाले कांग्रेस सांसद रकीबुल हुसैन र उनको छोरा एवं सामगुरी निर्वाचन क्षेत्रबाट कांग्रेस उम्मेदवार तंजील हुसैन विरुद्ध चुनाउ आयोगमा औपचारिक शिकायत दर्ता गराएको छ।
भाजपाले कांग्रेस उम्मेदवारमाथि आफ्नो चुनाउ प्रचारमा नानीहरूको प्रयोग गरिरहेको आरोप लगाएको छ, जुन अनैतिक र राजनीतिक आचरणको स्थापित मानदण्ड विरुद्ध छ। शिकायतमा भनिएको छ, राजनीतिक ऱ्यालीहरूमा नानीहरूलाई प्रयोग गरिनु गलत हो। राजनीतिक ऱ्यालीहरूमा नानीहरूको भागीदारी आदर्श आचार संहिताको स्पष्ट उल्लंघन हो, किनकि यो उनीहरूको सोझोपनको फाइदा उठाउनु हो र चुनावी प्रक्रियाको स्वच्छतालाई कमजोर गर्नु हो। यो प्रथा अनैतिक हो र यसलाई सहन गर्न सकिॅंदैन।
तंजील हुसैन असम विधानसभामा सीट हासिल गर्न चुनावी मैदानमा पहिलोपल्ट उत्रिएका छन्। भाजपाको शिकायतमा प्रचारमा नैतिक मानदण्डलाई कायम राख्ने महत्वमा प्रकाश पारिएको छ।
हिन्दुस्थान समाचार / बिशाल