गुवाहाटी, 04 नोभेम्बर (हि.स.)। गुवाहाटीको जगन्नाथ बरुवा ल कलेजकी प्रिन्सिपल डा. मालविका तालुकदारलाई निलम्बित गरिएको छ। कलेजमा भएको करोड़ौं रूपियॉंको कथित वित्तीय घोटालालाई लिएर उनी विरुद्ध यस्तो फसेला लिइएको हो। प्रिन्सिपल डा. तालुकदारसॅंगै कलेजका दुई अन्य कर्मचारी, प्रेक्टिकल कोर्स कोअर्डिनेटर रंजन ज्योति दास र गणिक प्रदीप बेजबरुवालाई पनि निलम्बित गरिएको छ। मामिलाको समीक्षाको निम्ति पॉंच सदस्यीय जॉंच समिति गठन गरिएको थियो। समितिले आर्थिक पक्षहरूको समीक्षा गर्नुका साथै अडिट पनि गऱ्यो। यस अडिट रिपोर्टको जॉंचमा वित्तीय घोटाला प्रमाणित भयो। यसपछि, कलेज गवर्निङ बडीले उनलाई निलम्बित गर्ने निर्णय लियो र उनलाई पदबाट निलम्बित गर्ने फसेलालाई स्वीकृति प्रदान गऱ्यो। आरोपीहरूले 2019 देखि 2024 बीच घोटाला गरेको आरोप छ। जॉंच कमिटीले उनीहरू विरुद्ध कुल 67 पेजको रिपोर्ट सुम्पेको छ।
हिन्दुस्थान समाचार / बिशाल