कोलकाता, 04 नोभेम्बर (हि.स.)। आरजी कर अस्पतालमा भएको घटनाका आरोपी सिविक भोलण्टियर संजय रायले सोमवार सियालदह अदालतमा चार्ज गठनपछि आफु निर्दोष रहेको दाबी गर्दै उसलाई फॅंसाएको आरोप लगाएका छन्। उसले प्रिजन भ्यानमा चढ्ने क्रममा आफु निर्दोष रहेको र सरकारले आफुलाई फॅंसाउने काम गरिरहेको आरोप लगाए।
अदालतमा पेश हुने क्रममा उसले हत्या र बलात्कार नगरेको दाबी गरे। उसले भने, अहिलेसम्म शान्त थिए, तर म बलात्कार र हत्यामा सामेल छुइन। मलाई सरकारले फॅंसायो। उसलाई विभागले चुप लागेर बस्न दबाउ दिएको र धम्की दिएको पनि उनले दाबी गरेका छन्।
सोमवार आरोपीलाई सियालदह अदालतमा भारी सुरक्षाबीच पेश गरियो। अदालतमा दिउॅंसो दुई बजी आरोपी विरुद्ध धेरै धाराहरू अन्तर्गत चार्ज गठित गरियो। यस घटनाको 87 दिनपछि र सीबीआईको चार्जशीट दर्ता भएको 28 दिनपछि यो चार्ज गठित भएको छ। अब मामिलाको सुनवाई 11 नोभेम्बरदेखि हरेक दिन हुनेछ, जसमा आरोपीले आफु निर्दोष रहेको दाबी पेश गर्नेछन्।
हिन्दुस्थान समाचार / बिशाल