16औं रोलू दिवस तयारीबारे बस्यो एसकेएम सांस्कृतिक प्रकोष्ठको सभा
16औं रोलू दिवस तयारीबारे बस्यो एसकेएम सांस्कृतिक प्रकोष्ठको सभा


गान्तोक, 02 दिसम्बर (हि.स.)। सिक्किम क्रान्तिकारी मोर्चाको सांस्कृतिक प्रकोष्ठको एउटा महत्वपूर्ण सभा प्रकोष्ठका उपाध्यक्ष प्रभारी टासी छिरिङ भोटियाको अध्यक्षतामा यहॉंको एउटा निजी होटलमा बस्यो। सभा आयोजनको मुख्य उद्देश्य 16औं रोलू दिवसलाई भव्यतासँग पालन गर्न तथा यसबारे विस्तृत चर्चा गर्नु रहेको थियो। आइतवार सम्पन्न उक्त सभामा एसकेएम कल्चरल विङका मुख्य पदस्थहरूको उपस्थिति रहेको थियो।

सभामा प्रकोष्ठका अध्यक्ष उत्तम प्रधान, उपाध्यक्ष डा. मनोज राई अनि प्रकोष्ठका कार्यकारी सदस्यहरूको उपस्थिति रहेको थियो। सभाको आयोजनबारे जानकारी गराउँदै कल्चरल विङका मुख्य समन्वयक मनोज लामाले बताए अनुसार, आगामी 21 दिसम्बरको दिन रोलू दिवसको विशाल जनभेला तथा कार्यक्रम आयोजनलाई लिएर विशेष तयारी गर्न सभा डाकिएको थियो। उक्त कार्यक्रमको रूपरेखा तथा यसबारे समीक्षा गर्न उक्त सभाको आयोजन गरिएको थियो।

हिन्दुस्थान समाचार / प्रदीप


 rajesh pande