नयाँ दिल्ली, 21 दिसम्बर (हि.स.)। मध्य जिल्लाको अपरेशन युनिट टीमले एक हिट एण्ड रन (सड़क दुर्घटनाको मामिला)- मामिलामा भगौड़ा आरोपी शाहबाज नामक व्यक्तिलाई पक्राउ गरेको छ। आरोपी घटना घटेदेखि नै भागेको थियो। पुलिस अनुसार आरोपी शाहबाज सिलमपुरको बासिन्दा हो।
मध्य जिल्लाका डीसीपी एम हर्षवर्धनले बताए, शाहबाजमाति न्यू उस्मानपुर थानामा लगभग 6 वर्ष अगाड़ि सड़क दुर्घटनाको मामिला दर्ता थियो। उसलाई यस मामिलामाकोर्टले पनि भगौड़ा घोषणा गरेको थियो। डीपीसी अनुसार मध्य जिल्लाको अपरेशन यूनिटले भगौड़ा उपद्वरीहरूको जाँच गरिरहेको थियो।
यसैबीच पुलिसको टीमले शाहबाजको बारेमा गुप्त सूचना प्राप्त गऱ्यो। त्यसपछि टीमले सिलमपुरबाट आरोपीलाई पक्राउ गऱ्यो। पुलिसले आरोपीलाई कोर्टमा पेश गरी न्यायिक हिरासतमा जेल पठाइदिएको छ.
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा