नाबालिगसॅंग दुष्कर्म र हत्याको प्रयास, दोषीलाई जन्मकैद
नाबालिगसॅंग दुष्कर्म र हत्याको प्रयास, दोषीलाई जन्मकैद


हुगली, 21 दिसम्बर (हि.स.)। हुगली जिल्लाको चन्दननगर महकुमा अदालतले एक नाबालिगसॅंग दुष्कर्म र हत्याको प्रयासका दोषीलाई शनिवार जन्मकैदको सजाय सुनाएको छ। वर्ष 2021 को जून महिनामा पार्थ चौधरी नामक व्यक्तिले नाबालिगलाई बाइकमा लिएर गएर दुष्कर्मको प्रयास गरे अनि घॉंटी निमोठेर हत्या गर्ने प्रयास गरेका थिए।

आरोपीले नाबालिग मरेको भन्ठानेर उसलाई हाइड्रेन्टमा फ्याकिदिएको थियो। दुई दिनपछि स्थानीय मानिसहरूले नाबालिगलाई बचाएर अस्पताल पुऱ्याए। यस मामिलामा शनिवार अदालतले आफ्नो फसेला सुनायो। पार्थ चौधरी नाबालिगसॅंग परिचित व्यक्ति थिए। 15 जून, 2021 मा 15 वर्षीय नाबालिग फोन रिचार्ज गर्न बाहिर गएकी थिइन्। त्यही समय पार्थले उसलाई जबरजस्ती बाइकमा हालेर लगेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande