गुवाहाटी, 21 दिसम्बर (हि.स.)। उदालगुडी जिल्लाको टंगला क्षेत्र अन्तर्गत सन्तोपारामा शनिवार दुई किशोर भाईको घॉंटी रेटेर हत्या गरिएको मामिला अघि आएको छ। उनीहरू टंगला केन्द्रिय जातीय विद्यालयका छात्र र टंगलाको जोरपुखुरी निवासी थिए। उनीहरू शुक्रवार स्कूल जानका लागि घरबाट निक्लिएका थिए र त्यसपछि बेपत्ता बनेका थिए।
परिवार र स्थानीय मानिसहरूको गहन खोजको अन्त दु:खद रह्यो, जब शव उनीहरूको घरदेखि केवल तीन किलोमिटर टाडा भेटियो। पुलिसले हत्याको मामिलामा आरोपीलाई हिरासतमा लिएको बताएको छ। आरोपी मृतकहरूका आफन्त बताइएको छ। हत्याको निम्ति प्रयोग गरिएको हतियार पनि पुलिसले बरामद गरेको छ।
बोडोल्याण्ड टेरिटोरियल रीजनका पुलिस महानिरीक्षक र उदालगुडीका पुलिस अधीक्षकले घटनामाथि निगरानी राखिरहेका छन्। मृतकका परिवार यस घटनापछि सदमामा छन्। यस घटनापछि क्षेत्रमा सनसनी फैलिएको छ। प्रशासनले चॉंडै अपराधीलाई कानुनको कठघरामा उभ्याउने आश्वासन दिएको छ।
हिन्दुस्थान समाचार / बिशाल