खरसाङ, 21 दिसम्बर (हि.स.)। तीनधारे च्यालेञ्ज कप फुटबल टुर्नामेन्टको दोस्रो चरणको खेल शुरु भएको छ। युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएशनको आयोजनामा तीनधारेको मिठाइडाँडा खेल मैदानमा भइरहेको तीनधारे च्यालेञ्ज कप फुटबल टुर्नामेन्टको दोस्रो चरणको खेल अन्तर्गत पहिलो म्याच शिवखोला एफसी र नाइन स्टार दार्जिलिङमसझ सम्पन्न भएको थियो।
यस खेलमा निर्धारित समयसम्म पनि दुवै दलले कुनै गोल गर्न सकेन। निर्धारित समयसम्म पनि कुनै गोल नभएपछि पेनल्टी सुट आउटमा शिवखोला एफसीले नाइन स्टार दार्जिलिङलाई 5-3 को अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा पुग्न सफल बनेको छ। यस खेलमा शिवखोला एफसीको गोलकिपर अभिजित रोय म्यान अफ् द म्याज चयन भएका छन्।
अब आइतवार हुने दोस्रो चरणको दोस्रो खेल सिविटार युनाइटेड र नर्थ बेंगल आर्म पुलिसमाझ हुने जानकारी युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएशनका सह कोषाध्यक्ष सुभम प्रधानले दिएका छन्। उनले बताए अनुसार, तीनधारे च्यालेञ्ज कप फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी 12 जनवरीमा हुनेछ। विजेतालाई ट्रफीससहित नगदराशि दुई लाख रुपियाँ र उप विजेतालाई ट्रफीससहित एक लाख रुपियाँ प्रदान गरिने छ।
हिन्दुस्थान समाचार / हनोक