नयाँ दिल्ली, 26 दिसम्बर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मूले बिहिवार राष्ट्रपति भवन संस्कृतिक केन्द्रमा आयोजित एक समारोहमा 14 राज्य र केन्द्र शासित प्रदेशहरूका 17 नानीलाई उनीहरूको असाधारण उपलब्धीहरूका लागि सात श्रेणीमा प्रधानमन्त्री राष्ट्रिय बाल पुरस्कार प्रदान गरिन्।
सम्मानित हुनेहरूमा सात केटा र 10 केटी छन्। राष्ट्रपतिले उनीहरूलाई एक पदक, प्रमाण पत्र र एक प्रशस्ति पत्र पुस्तिका दिएर सम्मानित गरिन्। आजको समारोहमा सबैभन्दा कम आय़ुको पुरस्कार विजेता कोलकाता निवासी मास्टर अनीश सरकार त्यस आयु वर्गमा छन्, जब नानीहरू प्ले स्कूल र नर्सरी कक्षामा हुन्छन्। मास्टर अनीश विश्वमा सबैभन्दा कम आयुमा विश्व ऱ्याङ्किङ पाउने शतरंज खेलाड़ी बनेका छन्।
15 वर्षीय हेमबती नागका माता-पिताको मृत्यु भइसकेको छ। हेमबती छत्तीसगढ़को नक्सल प्रभावित क्षेत्रमा बस्छिन्। तमाम चुनौतीहरूबीच आफ्नो धैर्य, साहस र कौशलको बुतामा उसले जूडोमा राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाएकी छऩ्।
यस अवसरमा राष्ट्रपतिले सबै पुरस्कार विजेताहरूलाई बधाई दिइन् औं भनिन्, पूरा देश र समाजलाई उनीहरूमाथि गर्व छ। उनले नानीहरूलाई भनिन्, उनीहरूमा असीम क्षमताहरू छ र अतुलनीय गुण छ। उनीहरूले देशका नानीहरूका लागि एक उदाहरण कायम गरेका छऩ्।
उनले भनिन्, नानीहरूलाई अवसर प्रदान गर्नु र उनीहरूको प्रतिभालाई चिन्नु हाम्रो परम्पराको हिस्सा रहिआएको छ। उनले जोड दिँदै भनिन्, यस परम्परालाई अझ् मबजुत गरिनुपर्छ। वर्ष 2047 मा जब हामी भारतको स्वतन्त्रताको शताब्दी मनाउनेछौं, तब यी पुरस्कार विजेता देशको प्रबुद्ध नागरिक हुनेछन्। यस्ता प्रतिभाशाली केटा र केटीहरू नै विकसित भारतको निर्माता बन्नेछऩ्। वर्ष 2022 देखि आजको दिनलाई ‘वीर बाल दिवस’ को रूपमा मनाइन्छ। मलाई तपाई सबैमाथि गर्व छ। मलाई मात्र नभएर पूरा देशलाई, पूरा समाजलाई तपाई सबैमाथि गर्व छ। तपाईले जुन काम गरेका छन्, त्यो असाधारण हो। तपाईले जे हासिल गरेका छन्, त्यो आश्चर्यजनक हो।
हिन्दुस्थान समाचार / भवानी थामी