नयाँ दिल्ली, 13 जनवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार श्रीनगर-लेह राजमार्गमा एक महत्वपूर्ण बुनियादी ढांचा परियोजना सोनमर्ग जेड-मोड़ सुरंगको उद्घाटन गरे। सुरंगको उद्घाटनले सोनमर्ग पूरा वर्ष पर्यटकहरूका लागि खुल्ला रहनेछ। श्रीनगरदेखि करगिल-लेहसम्मको यात्राको समय पनि कम हुनेछ।
प्रधानमन्त्रीले टनलको निरीक्षण गरे औं टनलको निर्माण गर्ने श्रमिकहरूसित पनि भेट गरे। यस अवसरमा जम्मू-कश्मीरको उपराज्यपाल मनोज सिन्हा र मुख्यमन्त्री उमर अब्दुल्ला पनि उपस्थित थिए।
पीएमओ अनुसार, लगभग 12 किलोमीटर लामो सोनमर्ग सुरंगको निर्माण 2,700 करोड़ रूपियाँभऩ्दा अधिकको लागतले गरिएको छ। यसमा सोनमर्ग मुख्य सुरंग, निकास सुरंग र पुहँच मार्ग सामेल छन्। समुद्र तलदेखि 8,650 फीटको उचाईमा स्थित यो परियोजना पैह्रो र हिमस्खलन मार्गहरूदेखि हटेर लेहको बाटो श्रीनगर र सोनमर्गबीच सबै मौसममा सम्पर्कलाई बढ़ाउनेछ र रणनीतिक रूपमा महत्वपूर्ण लद्दाख क्षेत्रमा सुरक्षित र निर्बाध पुहँच सुनिश्चित गर्नेछ। यो सोनमर्गलाई सालभरि घुम्ने लायक ठाउँमा बदलेर पर्य़टनलाई पनि प्रोत्साहित गर्नेछ, जसबाट शीतकालीन पर्यटन, साहसिक खेल र स्थानीय आजीविकालाई प्रोत्साहित गर्नेछ।
हिन्दुस्थान समाचार / भवानी थामी