18 Jan 2025, 20:30 HRS IST

भारतीय सांख्यिकी सेवाको 2024 ब्याचका प्रोबेशनर्सले राष्ट्रपतिलाई भेटे
भारतीय सांख्यिकी सेवाको 2024 ब्याचका प्रोबेशनर्सले राष्ट्रपतिलाई भेटे


नयाँ दिल्ली, 14 जनवरी (हि.स.)। भारतीय सांख्यिकी सेवा (आईएसएस) को 2024 ब्याचका प्रोबेशनर्सको एक समूहले मंगलवार राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूसित भेट गऱ्यो।

प्रोबेशनर्सलाई सम्बोधित गर्दै राष्ट्रपतिले भनिन्, सांख्यिकी उपकरण र मात्रात्मक तकनीक नीतिगत निर्णयहरूका लागि अनुभवजन्य आधार प्रदान गरी प्रभावी शासनमा महत्वपूर्ण भूमिका निभाउँछन्। सरकारहरू स्वास्थ्य, शिक्षा, जनसंख्या आकार र रोजगार आदिमाथि डेटा एकत्र गर्न राष्ट्रिय सांख्यिकीय प्रणालीहरूमाथि निर्भर गर्छन्, जो नीति-निर्माणको आधार बन्छ। सांख्यिकी विश्लेषण शासनमा पारदर्शिता र जवाफदेही ल्याउने एक उपकरण हो। सांख्यिकी न केवल कुशल शासनको रीढ़ हो तर सामाजिक-आर्थिक विकासको एक उपकरण पनि हो।

उनले भनिन्, सरकारलाई नीति बनाउने, लागू गर्ने र निगरानी गर्नका साथै नीति समीक्षा र प्रभाव आकंलनको निम्ति डेटाको आवश्यकता हुन्छ। नागरिकहरूलाई सरकारी योजनाहरू र कार्य़क्रमहरूको निष्पक्ष बोध र आंकलनको निम्ति डेटाको आवश्यकता हुन्छ। आईएसएस अधिकारीहरूको कामको निम्ति सांख्यिकीय तरीकाहरूमा उच्च दक्षथाको आवश्यकता हुन्छ, जसको उपयोग उनीहरूले देशको डेटा र सूचना आवश्यकताहरूको समाधान प्रदान गर्नको निम्ति गर्नेछन्। उनले आईएसएस अधिकारीहरूसित डेटा एकत्र गरेको समय आम जन खासगरी गरीबहरू र वञ्चितहरूको आवश्यकताहरूप्रति समवेदशील हुने आग्रह गरिन्। उनले भनिन्, उनीहरूद्वारा एकत्र गरिएको प्रत्येक डेटालाई संसाधित, विश्लेषण गरिनेछ र अन्ततः मानिसहरूको आवश्यकताहरूलाई पूरा गर्न र उनीहरूको सपनाहरूलाई साकार गर्नमा मद्दत गर्नको निम्ति उपयोग गरिनेछ।

राष्ट्रपतिले भनिन्, जसो-जसो भारत समावेशी र सतत विकासतिर अगाड़ी बढ़िरहेको छ, पर्यावरणीय प्रभावहरू र जलवायु परिवर्तनको निगरानीमा सांख्यिकीय अनुसन्धान एक ठूलो भूमिका निभाउनेछ। ऊर्जा खपत र कार्बन उत्सर्जनसित सम्बन्धित संकेतहरूमाथि नजर राख्नका लागि आईएसएस अधिकारीहरूद्वारा गरिएको शोधले भारत सतत विकास र पर्य़ावरण संरक्षणको निम्ति डेटा-संचालित रणनीति बनाउनमा सक्षम हुनसक्छ। यी रणनीतिहरूले भारतलाई संयुक्त राष्ट्र सतत विकास लक्ष्यहरू (एसडीजी) लाई पूरा गर्नमा अझ् मद्दत गर्नेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande