सीतापुर, 18 जनवरी (हि.स.)। उत्तर प्रदेशको सीतापुर लोकसभा क्षेत्रको कांग्रेस सांसद राकेश राठौरमाथि एक महिलाको साथ दुष्कर्मको आरोपमा मामिला दर्ता गरिएको छ।
पुलिस अधीक्षक चक्रेश मिश्राले शनिवार मीडियाकर्मीहरूलाई भने, कोतवाली नगर क्षेत्र निवासी महिलाले सांसदमाथि दुष्कर्मको आरोप लगाउँदै मामिलासित सम्बन्धित साक्ष्य प्रस्तुत गरेकी थिई। यसको आधारमा कोतवाली पुलिसले शुक्रवार राति सांसद राठौर विरूद्ध विभिन्न धाराहरूमा मामिला दर्ता गरी जाँच शुरू गरेको छ।
उनले भने, महिलाले 15 जनवरीमा कोतवालीमा शिकायत दर्ता गराएकी थिई। यसमा उसले भनेकी थिइन्, गत चार वर्षदेखि बिहे गर्ने भनेर सांसद राकेश राठौरले उसको शारीरिक शोषण गरिरहेको छ। सांसदले महिलालाई राजनीतिक करियरमा सहायता दिने आश्वासन पनि दिएका थिए। दुवै सजातिय हुन्।
पीड़िताले पुलिसलाई इलेक्ट्रोनिक साक्ष्य, कल रेकर्डिङ पनि उपलब्ध गराइन्। साथै यो पनि भनिन् कि सांसद्वारा उसलाई धम्काइँदैछ। यस मामिलामा पुलिसले पीड़िता महिलाको शिकायतको आधारमा मामिला दर्ता गरेको छ। पीड़िताको मेडिकल गराइएको छ र न्यायालय समक्ष बयान पनि दर्ता गराइयो। पुलिसले पीड़ित महिलालाई सुरक्षा पनि उपलब्ध गराएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी