कोलकाता, 18 जनवरी (हि.स.)। आरजी कर मेडिकल कलेज दुष्कर्म र हत्या मामिलामा आरोपी सिविक भोलेन्टियर संजय रोयलाई सियालदहको अदालतले दोषी ठहर गरेको छ। यो फसेला घटनाको 162 दिनपछि आएको हो। शनिवार जज अनिर्बान दासले संजय रोयलाई दोषी ठहर गरे। सजायको घोषणा सोमवार गरिनेछ।
उल्लेख्य, गत साल 09 अगस्तमा आरजी कर मेडिकल कलेज अस्पताल परिसरबाट रहस्यमय परिस्थितिहरूमा युवा महिला डाक्टरको शव भेटिएको थियो। यस घटनाले राज्यभरिका मानिसहरूलाई झकझकाएर राख्यो। यसको भोली पल्ट नै सिविक भोलेन्टियर संजय रोयलाई पक्राउ गरियो। 13 अगस्तमा कलकत्ता हाईकोर्टले मामिलाको जाँच सीबीआईलाई सुम्प्यो। सीबीआईले आफ्नो चार्जशीटमा संजयको संलिप्तता बताउँदै उसले एक्लै यस जघन्य अपराधलाई अन्जाम दिएको भन्यो।
घटनाको विरोधमा राज्यका जूनियर डाक्टरहरूले व्यापक स्तरमा लगातार प्रदर्शन गरे औं राज्यको ममता ब्यानर्जी सरकारलाई प्रश्नहरूको घेरामा खड़ा गरे। 14 अगस्तमा रात दखल अभियान मा आरजी कर अस्पतालमा तोड़फोड़ र हमलाको घटना पनि भयो। यसपछि कोलकाताका तत्कालीन पुलिस आयुक्त विनीत गोयलको राजीनामाको माग उठ्यो। मुख्यमन्त्री ममता ब्यानर्जीले 14 सेप्टेम्बरमा प्रदर्शनकारीहरूसित भेट गरिन् तर वार्ता विफल रह्यो।
20 सेप्टेम्बरमा जूनियर डाक्टरहरूले सरकारको तर्फबाट प्राप्त आश्वासनपछि प्रदर्शन समाप्त गरे। 07 अक्टोबरमा सीबीआईले चार्जशीट दर्ता गरी संजय रोयलाई मुख्य आरोपी बनायो। अब कोर्टले उसलाई दोषी ठहर गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी