पश्चिम बंगालमा कानून व्यवस्था नामको कुनै चीज छैन- केन्द्रिय राज्य मन्त्री बीएल वर्मा
पश्चिम बंगालमा कानून व्यवस्था नामको कुनै चीज छैन- केन्द्रिय राज्य मन्त्री बीएल वर्मा


सिलगढ़ी, 18 जनवरी (हि.स.)। केन्द्रिय उपभोक्ता मामिला, खाद्य एवं सार्वजनिक वितरण राज्य मन्त्री बीएल वर्माले पश्चिम बंगालमा कानून व्यवस्था नामको कुनै चीज छैन भनेका छन्। उनी अनुसार, यहाँ अपराधीहरूलाई सरकारी संरक्षण प्राप्त छ।

केन्द्रिय राज्य मन्त्री बीएल वर्मा जलपाइगढ़ीमा एक कार्यक्रममा सामेल हुन दिल्लीदेखि बागडोगरा पुगेका थिए। यस अवधि बागडोगरा हवाई अड्डामा पत्रकारहरूसित कुराकानीमा बीएल वर्माले राज्य सरकारमाथि जमेर हमला गरे। उनले भने, आरजी करको घटना मात्र होइन यस राज्यमा कानूनको शासन छैन। यहाँ अल्पसंख्यकहरूको तुष्टीकरणको राजनीति चलिरहेको छ। न केवल चिकित्सक तर देशका जनताले पनि यस्ता घटनाहरूलाई कहिले स्वीकार गर्नेछैनन्। एकातिर प्रधानमन्त्री देशमा महिलाहरूलाई सशक्त बनाउनको निम्ति लगातार प्रय़ासरत छन्, अर्कोतिर यस राज्यमा महिला मुख्यमन्त्री भएपनि महिलाहरूमाथि अत्याचार भइरहेको छ। यो देशको निम्ति लाजमर्दो कुरा हो।

उनले भने, आउने दिनहरूमा पश्चिम बंगालको जनताले यसको मुहतोड़ जवाफ दिनेछन् भनी आशावान् छु। आरजी करको घटनामा उनले भने, उनलाई न्याय व्यवस्थामाथि विश्वास छ। असली दोषीहरूले अवश्य सजाय पाउनेछऩ्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande