नयाँ दिल्ली, 18 जनवरी (हि.स.)। अमेरिकामा डोनाल्ड ट्रम्पले सत्ता सम्हाल्नअघि नै विश्वको सबैभन्दा ठूलो क्रिप्टो करेन्सी बिटकोइनले फेरि व्यापक तीव्रता देखाउँदै 1 लाख डलरभन्दा माथि पुगेको छ। गए शुक्रवार अबेर राती बिटकोइन 1,05,782.40 डलरको स्तरमा पुगेको थियो। तथापि त्यसपछि यस क्रिप्टो करेन्सीको मूल्यमा ह्रास आयो। आज भारतीय समय अनुसार बिहान 11.30 बजे बिटकोइनले 1,03,403.60 डलरको स्तरमा कारबार गरिरहेको थियो।
उल्लेखनीय छ, डोनाल्ड ट्रम्पको जीतको कारणले क्रिप्टोककरेन्सी मार्केटमा लगातार उत्साहको वातावरण कायम छ। आफ्नो चुनाउ प्रचार अवधि डोनाल्ड ट्रम्पले अमेरिकालाई विश्वको क्रिप्टो करेन्सी क्यापिटल बनाउने घोषणा गरेका थिए। ट्रम्पलो क्रिप्टो इण्डस्ट्रीको लागि फेभरेबल रेगुलेशन्स ल्याउने वाचा पनि गरेका थिए। यस अतिरिक्त ट्रम्पले क्रिप्टो मार्केटको लागि रेगुलेटर नियुक्त गर्ने पनि वाचा गरेका थिए।
डोनाल्ड ट्रम्पले भनेका थिए, राष्ट्रपतिको रूपमा उनले यस कुराको सुनिश्चित गर्नेछन् कि अमेरिकी सरकारले सुन जस्तै बिटकोइनको पनि स्ट्र्याटेजिक रिजर्भ बनाउनेछ। यसको साथै राष्ट्रपति पद सम्हालेको पहिलो सय दिनभित्रमै क्रिप्टो करेन्सीको सम्बन्धमा स्पष्ट अनि सरल नियम बनाउनको लागि एक विशेष सल्लाहकार परिषद गठन गर्ने पनि ट्रम्पले घोषणा गरेका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा