प्रधानमन्त्रीले भारतलाई जलवायु-स्मार्ट देश बनाउन ‘मिशन मौसम’ को गरे शुभारम्भ
प्रधानमन्त्रीले भारतलाई जलवायु-स्मार्ट देश बनाउन ‘मिशन मौसम’ को गरे शुभारम्भ


नयाँ दिल्ली, 14 जनवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार भारत मण्डपममा भारती मौसम विभाग (आईएमडी) को 150औं स्थापना दिवसको अवसरमा आय़ोजित समारोहमा ‘मिशन मौसम’ को शुभारम्भ गरे। प्रधानमन्त्रीले यस अवसरमा आईएमडी विजन-2047 दस्तावेज र आईएमडीको 150 वर्ष पूरा भएको उपलक्ष्यमा एक स्मारक सिक्का पनि जारी गरे।

प्रधानमन्त्रीले भऩे, भारत एक जलवायु-स्मार्ट राष्ट्र बनोस्, यसको निम्ति हामीले

‘मिशन मौसम‘ लाञ्च गरेका छौं। ‘मिशन मौसम‘ टिकाऊ भविष्य र भविष्यको तत्परतालाई लिएर भारतको प्रतिबद्धताको पनि प्रतीको हो। उनले वैज्ञानिकहरूसित भूकम्पको निम्ति चेताउनी प्रणाली विकसित गर्ने दिशामा काम गर्ने आग्रह गरे। उनले भनेका छन्, भूकम्पको निम्ति चेताउनी प्रणाली विकसित गर्ने आवश्यकता छ र वैज्ञानिकहरू तथा शोधकर्ताहरूले यस दिशामा काम गर्नुपर्छ। मौसम विज्ञानमा प्रगतिले देशलाई प्राकृतिक आपदाहरूबाट हुने नोकसानलाई कम गर्नमा मद्दत मिलेको छ।

उनले भनेका छन्, आईएमडीको स्थापना 15 जनवरी 1875 मा मकर संक्रान्तिको चाँड़ वरिपरि भएको थियो। हामी सबै भारतीय संस्कृतिमा मकर संक्रान्तिको महत्वलाई बुझ्छौं। म गुजरातको हुँ, यसैले मकर संक्रान्ति मेरो मनपर्ने चाँड़ थियो। आज पूरा गुजरातमा मानिसहरूले आफ्नो छप्परमा गुड्डी उड़ाइरहेका छन्। उनीहरूले दिनभरि गुड्डी उड़ानुको आनन्द उठाउछन्। मैले पनि गुड्डी उड़ाउनुको आनन्द लिनेगर्थे। आज हामी आईएमडीको 150 वर्ष सेलिब्रेट गरिरहेका छौं। यो केवल भारतीय मौसम विभागको यात्रा नभएर यो हाम्रो भारतमा आधुनिक साइन्स र टेक्नोलोजीको पनि यात्रा हो।

उनले भने, मिशन मौसमको उद्देश्य अत्यधुनिक मौसम निगरानी तकनीक र प्रणालीहरू विकसित गरी, उच्च-रेज़ल्यूशन वायुमण्डलीय अवलोकन, आगामी पीढ़ीको रडार र उपग्रहहरू र उच्च-प्रदर्शनका कम्प्यूटरहरू लागू गरी यसलाई प्राप्त गर्नु हो। यसैले मौसम र जलवायु प्रक्रियाहरूलाई राम्ररी बुझ्नमा, वायु गुणवत्ता डेटा प्रदान गर्नमाथि ध्यान केन्द्रित गर्नेछ, जसले लामो समयमा मौसम प्रबन्धन र हस्तक्षेपको रणनीति बनाउनमा मद्दत गर्नेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande