अहमदाबाद, 14 जनवरी (हि.स.)। केन्द्रिय गृह एवं सहकारिता मन्त्री अमित शाहले मंगलवार आधुनिक सुविधाहरूले सुसज्जित सबैभन्दा ठूलो पुलिस लाइन एवं घाटलोडिया थानाको शिलान्यस गरे। यस अवसरमा मुख्यमन्त्री भूपेन्द्र पटेल पनि उपस्थित थिए। गुजरातका पुलिस कर्मीहरूलाई 2-बीएचके (55 वर्गमीटर) आवास प्राप्त हुनेछ। 920 पुलिस परिवारको निम्ति 13 तले 18 भवन तयार पारिनेछ।
राज्यमा शहरी पुलिस व्यवस्थाको सबैभन्दा आधुनिक सुविधाहरूले सुसज्जित सबैभन्दा ठूलो पुलिस लाइन अहमदाबादमा बनाइनेछ।
यस अत्याधुनिक पुलिस लाइनमा पुलिसकर्मीहरूको परिवारहरूलाई उत्कृष्ठ एवं आधुनिक सुविधाहरू उपलब्ध हुनेछ, जसमा 920 कारको निम्ति बेसमेन्ट पार्किङ, दुई लिफ्ट, खुल्ला उद्यान, वाटर हार्वेस्टिङ सिस्टम, सोलर रूफटप, बिजुली ब्याकअप आदि सामेल छन्। आवश्यक समान घरको दैलोमा उपलब्ध गराउन टावरमा 10 वटा दोकान पनि बनाइनेछ, जहाँ सब्जी, दूध र अन्य उत्पाद जस्ता रोजमर्राका वस्तुहरू उपलब्ध हुनेछ। भविष्यमा यहाँ मेटीरियल, हेयर सलून, एटीएम, अनाज पिस्ने मिल र पुलिस परिवारहरूको आवश्यकताहरूलाई ध्यानमा राख्दै सीपीसी क्यान्टिन स्थापित गरिने योजना छ।
13 तले 18 टावरमा भान्साघर, एक एनेक्सी र सामान्य शौचालय जस्ता बुनियादी सुविधाहरू हुनेछ। अन्य सुविधाहरूको साथ सुसज्जित आवास पनि उपलब्ध गराइनेछ। प्रदेशमा नगर पुलिस व्यवस्थाको सबैभन्दा ठूलो पुलिस लाइनको खासियत यो छ कि यसमा इनबिल्ट पुलिस स्टेशन पनि छ। 18 ब्लकमध्ये एक ब्लक 2 तलेको पुलिस स्टेशनमा परिवर्तित गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी