सीमामा फेन्सिङलाई लिएर उत्पन्न तनाउबीच बांग्लादेशका उप उच्चायुक्तलाई बोलाइयो
सीमामा बाड़बंदीलाई लिएर उत्पन्न तनाउबीच बांग्लादेशका उप उच्चायुक्तलाई बोलाइयो


नयॉं दिल्ली, 13 जनवरी (हि.स.)। विदेश मन्त्रालयले आज सीमाको मुद्दामा नयॉं दिल्ली र ढाकामा बढ्दो तनाउबीच बांग्लादेशका उप उच्चायुक्त नूरल इस्लामलाई बोलायो। यस अघि आइतवार बांग्लादेशी विदेश मन्त्रालयले भारतीय उच्चायुक्त प्रणय वर्मालाई बोलाएको थियो।

भारत बांग्लादेश सीमामा घुसपैठ र आपराधिक गतिविधिहरूलाई रोक्नका लागि बार लगाइरहेको छ। बांग्लादेशको सरकारी समाचार एजेन्सी अनुसार, बांग्लादेशको विदेश सचिव जशीम उद्दीनसॅंग वर्माको बैठक लगभग 45 मिनटसम्म चल्यो। वर्मा अनुसार, ढाका र नयॉं दिल्लीबीच सीमामा सुरक्षाको निम्ति बार लगाउने सम्बन्धमा सहमति छ। सीमा सुरक्षा बल (बीएसएफ) र बर्डर गार्ड बांग्लादेश (बीजीबी) ले यस सम्बन्धमा संवाद गरिरहेका छन्। यस सहमतिलाई चॉंडै लागू गरिने छ र सीमामा अपराधहरूलाई सम्बोधित गर्न सहयोगात्मक दृष्टिकोण अपनाइने छ।

बांग्लादेशको विदेश मन्त्रालयले एक बयानमा भनेको छ, बांग्लादेश र भारत सीमामा बीएसएफको हालैको गतिविधिहरूमाथि बांग्लादेश सरकारले गहिरो चिन्ता व्यक्त गरेको छ। बयानमा तारको बार लगाउने अनधिकृत प्रयासको कुरा उल्लेख छ। बांग्लादेशी पक्षले भारतको सीमा सुरक्षा बलको कारबाहीले सीमामा तनाउ र गडबडी सिर्जना गरेको दाबी गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande