नयाँ दिल्ली, 13 जनवरी (हि.स.)। दिल्ली विधानसभा चुनाउमा सीएजीको रिपोर्ट एक ठूलो मुद्दा बनेको छ। भारतीय जनता पार्टी (भाजपा) ले दिल्ली सरकारले सीएजी रिपोर्टलाई विधानसभामा पेश नगर्नुलाई दुर्भाग्यपूर्ण बताएको छ।
सोमवार पार्टी मुख्यायमा भएको प्रेसवार्तामा भाजपाका राष्ट्रिय प्रवक्ता डा. सुधान्शु त्रिवेदीले भनेका छन्, दिल्ली उच्च न्यायालयले टिप्पणी गरेको छ कि दिल्ली सरकारद्वारा सीएजी रिपोर्टलाई सदनमा राख्नमा अनाकानी गर्नु दुर्भाग्यपूर्ण हो। अब यो अझ् स्पष्ट भएको छ कि दुर्भाग्यपूर्ण स्थिति केवल विकास कार्यहरू, पर्यावरण र पानी जमा भएका सड़कहरूको मामिला नभएर संवैधानिक मामिलाहरू पनि छ। लगभग एक दर्जन सीएजी रिपोर्ट छ, जसलाई दिल्ली सरकारले दिल्ली विधानसभामा राखेको छैन। 11 जनवरी 2025 मा दिल्ली विधानसभा सचिवले भने, रिपोर्टलाई सदनमा राख्ने कुनै फायदा छैन।
उनले भने, हाम्रा 7 विधायकले विधानसभा अध्यक्षलाई चिट्ठी लेखेर सोधेका थिए कि सीएजी रिपोर्टलाई विधानसभामा किन राखिएको छैन ? उनले भनेका छन्, आम आदमी पार्टी (आआप) को अराजकतावादी चरित्र अब संवैधानिक संस्था र संवैधानिक प्रक्रियाहरूमा व्याप्त भइरहेको छ, जुन सरकारको समुचित कामकाजको निम्ति धेरै नै अनुचित र संविधान विरूद्ध हो। आआपले जवाफको सट्टा एक बबाल गर्नमा विश्वास राख्दछ, यसैले उसले हरेक दिन कुनै न कुनै बबाल खड़ा गर्दछ। तर दिल्लीवासीहरूले यस चुनाउमा आआपलाई जवाफ दिनेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी