ममता ब्यनर्जीको पार्टीलाई स्पष्ट सन्देशः अन्तिम निर्णय म नै लिनेछु
mamta banerjee


कोलकाता, 03 दिसम्बर (हि.स.)। तृणमूल कंग्रेसमा जारी अन्तरकलहलाई लिएर पार्टी सुप्रीमो मुख्यमन्त्री ममता ब्यनर्जीले स्पष्ट निर्देश दिएकी छन्। पार्टीका एकजना वरिष्ठ नेताले बताएका छन्, सीएमले एकप्रकारले अभिषेक ब्यनर्जीको गुटलाई स्पष्ट म्यासेज दिँदै भनेकी छन्, जबसम्म उनी छन् तबसम्म उनको फसेला नै अन्तिम फसेला हुनेछ।

वास्तवमा गत सोमवार विधानसभा उपचुनाउमा विजय भएका तृणमूलका छःजना विधायकहरूको शपथ ग्रहणपछि ममताले पार्टीका विधायकहरूसित एउटा बैठक गरेकी थिइन्। बैठकमा सामेल एकजना विधायकले आफ्नो नाम उजागार नगरिदिने शर्तमा मंगलवार बताए, मुख्यमन्त्रीले पार्टीभित्र सृजित विवादलाई लिएर कड़ा कदम उठाएकी छन्। यस बैठकमा तृणमूलका वरिष्ठ नेता तथा राज्यसभा सांसद सुब्रत बक्शी पनि उपस्थित थिए जसलाई ममताको निकटवर्ती मानिन्छ।

हालैमा अभिषेक ब्यनर्जीले एक बयानमा भनेका थिए, म- को सट्टा हामी-मा विश्वास गर्दछौं र टीमवर्कलाई महत्व दिँदछौं। यसको जवाफ दिँदै ममता ब्यनर्जीले गए सोमवार भनिन्, पार्टीमा अन्तिम निर्णय उनले नै लिनेछन्। उनले यो पनि स्पष्ट पारिन्, पार्टीमा अन्य कुनै शक्ति केन्द्र होइन। ममताले विधायकहरूलाई सम्बोधन गर्दै भनिन्, उनी र सुब्रत बक्शी मिलेर पार्टीलाई अघि बढ़ाउनेछन्। जतिसक्दो चाँड़ै नै पार्टीको विद्यार्थी अनि युवा संगठनमा फेरबदल गरिनेछ।

ममताको यो बयान गए शुक्रवारदेखि शुरू भएको घटनाको एउटा अंश हो। राष्ट्रिय कार्यसमितिको बैठकमा ममताले वरिष्ठ नेताहरूलाई सामेल गरेकी थिइन् जसलाई उनको निकटवर्ती र विश्वासपात्र मानिन्छ। त्यसपछि संसदमा पार्टीको नीतिलाई लिएर भएको विवादमा ममताले भनेकी थिइन्, यो निर्णय कुनै एक व्यक्तिको होइन जबकि सम्पूर्ण संसदी टीमको हुनेछ।

गत शनिवार डायमण्ड हार्बरमा आयोजित एक कार्यक्रममा अभिषेक ब्यनर्जीले भनेका थिए, उनी चुनौतीहरूको सामना गर्न रूचाउँछन्, स्थिरतालाई रूचाउँदैनन्।यसको दुई दिनपछि ममता ब्यनर्जीले पार्टी विधायकहरूको बैठक डाकेर यो स्पष्ट पारिन्, उनी नै पार्टीका चेयरपर्सन हुन् र अन्तिम निर्णय उनकै हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande