गोलाघाट (असम), 03 दिसम्बर (हि.स.)। गोलाघाट जिल्लाको सरूपथारस्थित डाकघरबाट डाँकाहरूको एक गिरोहले रुपियाँ लुट्यो। यो काण्ड सरूपथार थानाको नजिकै भएको हो। घटना गए सोमवार साँझ चार बजी भएको हो।
पुलिसले मंगलवार बतायो, सरूपथारमा थानादेखि लगभग तीन सय मीटर टाड़ामा अवस्थित डाकघरबाट बाइक सवार तीनजना डाँकाहरूको समूहले चतुराईपूर्वक लगभग एक लाख तीस हजार रुपियाँ लुट्यो। पोस्ट अफिसका पोस्ट मास्टरबाटै डाँकाहरूले पैसा लुटेका हुन्। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा