भाजपाले प्रथम राष्ट्रपति डा राजेन्द्र प्रसाद र अमर शहीद खुदीराम बोसलाई नमन गऱ्यो
भाजपाले प्रथम राष्ट्रपति डा राजेन्द्र प्रसाद र अमर शहीद खुदीराम बोसलाई नमन गऱ्यो


नयॉं दिल्ली, 03 दिसम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) ले आज देशका प्रथम राष्ट्रपति डा. राजेन्द्र प्रसाद र अमर शहीद खुदीराम बोसलाई उनीहरूका जयन्तीमा नमन गरेको छ।

भाजपाले एक्स ह्यान्डलमा लेखेको छ, 'भारतको प्रथम राष्ट्रपति र संविधान सभाका अध्यक्ष भारत रत्न डा. राजेन्द्र प्रसादको जयन्तीमा शत्-शत् नमन।'

उल्लेख्य, भारतीय स्वाधीनता आन्दोलनको प्रमुख नेता डा. राजेन्द्र प्रसादले भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षको रूपमा प्रमुख भूमिका निर्वाह गरे। प्रथम राष्ट्रपति हुनुका साथै उनले देशको पहिलो मन्त्रीमण्डलमा 1946 देखि 1947 मा कृषि एवं खाद्यमन्त्रीको दायित्व पनि निर्वाह गरे। सम्मानपूर्वक उनलाई प्राय: राजेन्द्र बाबू भनेर बोलाइन्छ।

भाजपाले एक अन्य पोस्टमा लेखेको छ, 'अमर शहीद खुदीराम बोसको जयन्तीमा शत्-शत् नमन।'

स्मरण रहोस्, खुदीराम बोसलाई स्वतन्त्रता आन्दोलनमा फॉंसीको सजाय हुने सबैभन्दा कम उमेरको क्रान्तिकारी मानिन्छ। उनको जन्म बंगालमा मिदनापुरको हबीबपुर गाउॅंमा 3 दिसम्बर, 1889 मा भएको थियो। 1905 मा बंगालको विभाजन हुॅंदा खुदीराम बोसले सत्येन्द्रनाथ बोसको नेतृत्वमा क्रान्तिकारी जीवनको शुरुवात गरेका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande