कारमा आगलागी, भाग्यले बाँचे चालक
कारमा आगलागी, भाग्यले बाँचे चालक


सिलगढ़ी, 28 मार्च (हि.स.)। सिलगढ़ीदेखि इस्लामपुर जाने क्रममा विधाननगरमा बिहीवार चल्ती कारमा अचानक आगो लाग्यो। हेर्दाहेर्दै कारको अघिल्लो भाग जलेर खरानी भयो। चालकले भागेर आफ्नो ज्यान बचाए। यता घटनाको सूचना पाएर विधाननगर जाँच केन्द्रको पुलिस घटनास्थलमा पुग्यो।

यसको केहीपछि माटीगाड़ा दलकल केन्द्रबाट एउटा इञ्जीन घटनास्थलमा पुग्यो। दमकल कर्मचारीहरूले आगोलाई नियन्त्रण गरे। चल्ती कारमा अचानक आगो लाग्नुको प्राथमिक कारण इञ्जीनमा भएको शर्ट सर्किटलाई मानिँदैछ। पुलिस जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande