हरेक परिवारमा नोकरी सुनिश्चित गर्ने छौ: मुख्यमन्त्री
हरेक परिवारमा नोकरी सुनिश्चित गर्ने छौ: मुख्यमन्त्री


कोकराझाड, 27 अप्रेल (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सरकारी नोकरी नपाएका परिवारलाई नोकरीमा प्राथमिकता दिने बताएका छन्। उनले भने, चालू वर्ष अवधि 50 हजार सरकारी नोकरी दिइने छ। उक्त नोकरीलाई लिएर नयॉं नियम बनाइॅंदैछ ताकि एकै परिवारका धेरैले नोकरी नपाउन्। उनले भने, जुन परिवारमा कसैले पनि सरकारी नोकरी पाएका छैनन्, ती परिवारका अभ्यार्थीलाई 10 अंकको ग्रेस दिइने छ।

मुख्यमन्त्री आज मानसमा एक कार्यक्रममा सामेल भएपछि पत्रकारहरूसित कुरा गरिरहेका थिए। उनले भने, बोडोल्याण्ड क्षेत्रका जनताले मलाई धेरै मन पराउॅंछन्। बोडोल्याण्डको समग्र विकासको निम्ति म कार्य गर्नेछु। जहॉं सडक छैन, चुनाउपछि त्यहॉं सडक निर्माण गरिने छ। उनले कोकराझाड सीटमा भाजपा समर्थित यूपीपीएलका उम्मेदवार जयन्त बसुमतारीको जित निश्चित रहेको बताए।

कांग्रेस र बीपीएफ दोस्रो अनि तेस्रो स्थानमा रहने उनले दाबी गरे। एक प्रश्नको जवाफमा मुख्यमन्त्रीले भने, विपक्षसॅंग जित्न गोगोई छन्, तर त्यो भन्दा धेरै गोगोई भाजपासॅंग छ।

हिन्दुस्थान समाचार


 rajesh pande