रक्सी विरुद्ध महिलाहरू एकबद्ध
रक्सी विरुद्ध महिलाहरू एकबद्ध


अलीपुरद्वार, 27 अप्रेल (हि.स.)। अलीपुरद्वार जिल्लामा अवैध रूपमा बिक्री गरिने रक्सी विरुद्ध महिलाहरू एकबद्ध भएका छन्। अवैध रक्सीमा रोक लगाउनु पर्ने मागमा महिलाहरूले शनिवार अलीपुरद्वार थानामा लिखित शिकायत दर्ता गरेका छन्। महिलाहरूले नगरपालिकाको वार्ड नम्बर 15 को काल जानी छेउ अवैध रूपमा मिलावटी रक्सी बिक्री भइरहेको आरोप लगाएका छन्। रक्सी पिएपछि धेरै युवाहरूको मृत्यु भइसकेको पनि उनीहरूले दाबी गरेका छन्।

अवैध रक्सीको विक्री विरुद्ध बारम्बार आवाज उठाए तापनि समस्याको समाधान नभएको उनीहरूले बताएका छन्। यस कारण आज अलीपुरद्वार थानामा लिखित रूपमा शिकायत दर्ता गरेका छन्। महिलाहरूले पुलिसद्वारा कारबाही नगरिएको खण्डमा आन्दोलनको चेताउनी पनि दिएका छन्।

हिन्दुस्थान समाचार


 rajesh pande