दुई चरणको मतदानमा भाजपाको नौ सीट पक्का: मुख्यमन्त्री
दुई चरणको मतदानमा भाजपाको नौ सीट पक्का: मुख्यमन्त्री


नलबाडी, 27 अप्रेल (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भने, असममा सम्पन्न भएको दुई चरणमा मतदानपछि भाजपाको नौ सीट पक्का भइसकेको छ। 10औं सीटमा स्पर्धा भएको छ।

उल्लेखनीय छ, असममा दुई चरणमा राज्यको कुल 14 मध्ये 10 सीटमा चुनाउ सम्पन्न भएको छ। मुख्यमन्त्री शनिवार सर्थेबाडीमा तेस्रो चरणको निम्ति चुनाउ प्रचार गरेपछि पत्रकारहरूसित कुरा गरिरहेका थिए। उनले भने, तेस्रो चरणमा राज्यका चार सीटमा भइरहेको चुनाउमा पनि भाजपाको पक्षमा राम्रो परिणाम आउने छ। असमका जनताले भाजपाको कार्यलाई हेरेर आफ्नो समर्थन व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार


 rajesh pande