तेजस एमके-1ए लड़ाकू विमानले बेङ्गलुरूमा भऱ्यो पहिलो उड़ान
तेजस एमके-1ए लड़ाकू विमानले बेङ्गलुरूमा भऱ्यो पहिलो उड़ान


नयाँ दिल्ली, 28 मार्च (हि.स.)। रक्षा विमानन क्षेत्रमा भारतको स्वर्ण युग बिहिवार 4.5 पीढ़ीको तेजस एमके-1ए लड़ाकू विमानको पहिलो उड़ानको साथ शुरू भएको छ। पूर्ण रूपमा स्वदेशी लाइट कम्ब्याट एयरक्राफ्टले आज दिनमा लगभग 1.15 बजी बेङ्गलुरूमा हिन्दुस्तान एयरोनोटिक्स लिमिटेड (एचएएल) को हवाई अड्डाबाट उड़ान भऱ्यो। भारतको नयाँ एडवान्स तेजस एमके-1ए ले आज पहिलो उड़ानको रूपमा हावामा 18 मिनट बितायो र 1.33 बजी सुरक्षित ल्याण्ड गऱ्यो।

एचएएल हवाई अड्डामा तेजस एमके-1ए लड़ाकू विमानको पहिलो उड़ानको निम्ति धेरै दिनदेखि तयारीहरू चलिरहेको थियो। उन्नत एलसीए फाइटर जेट (LA 5033) लाई आज बिहान 11-11.30 बजीबीच निर्धारित आफ्नो पहिलो उड़ानको निम्ति अन्तिम समयको जाँचको सामना गर्नपऱ्यो। विमानलाई विश्वको सबैभन्दा पुरानो र सबैभन्दा एतिहासिक विमान घरहरूमध्ये एक एचएएलको विमान डिवीजनको ह्याङ्गरबाट बाहिर निकालियो। पहिलो उड़ानको तयारीहरूमा एडीए, एचएएल, एनएएल, डीआरडीओ र सीईएमआईएलसीए आदिका टीमहरूको अहम योगदान रह्यो।

स्वदेशी रूपमा विकसित तेजस एमके-1ए फाइटर जेटले 22 मार्चमा आफ्नो दोस्रो लो-स्पीड ट्याक्सी ट्रायल (एलएसटीटी) सफलतापूर्वक पूरा गरेको थियो। तबदेखि नै एचएएलका अध्यक्ष सीबी अनन्तकृष्णनले ऐतिहासिक उड़ानको तयारीमा सिस्टम अनुमतिको समीक्षा गरिरहेका थिए। आफ्नो पहिलो उड़ान शुरू गर्नअघि टेकअफ र ल्याण्डिङमा विमानको सुरक्षित संचालन सुनिश्चित गर्न धेरै आवश्यक परीक्षण गरियो। सफल एलएसटीटी र तेजस एमके-1ए को आज भएको पहिलो उड़ान भारतको एयरोस्पेस उद्योगको निम्ति एक महत्वपूर्ण उपलब्धी हो।

रक्षा मन्त्रालयले 83 एलसीए तेजस एमके-1ए फाइटर जेटको निम्ति 03 फरवरी 2021 मा एचएएलसंग डील फाइनल गरेको थियो। यही डीलको पहिलो ट्विन-सीटर ट्रेनर पछिल्लो साल 04 अक्टोबरमा एचएएलले वायुसेनालाई सुम्पेको थियो। भारतीय वायु सेनालाई यही महिनाको अन्तसम्म पहिलो ब्याचमा दुई तेजस एमके-1ए लडाकू विमान सुम्पिने तयारी चलिरहेछ। एचएएलबाट पहिलो ब्याचमा पाइने दुवै तेजस एमके-1ए लाई भारतीय वायुसेनाले आफ्नो हवाई बेड़ामा सामेल गर्नअघि कठोर निरीक्षण र परीक्षण गर्नेछ। आधुनिक वायु युद्धको हिसाबले एलसीए तेजस एमके-1ए फाइटर जेटमा एवियोनिक्स, हतियार र रखरखावमा 43 प्रकारका सुधार गरिएका छन्।

फाइटर जेट एमके-1ए डिजिटल राडार चेताउनी रिसीवर, बाहिरी आत्म-सुरक्षा जैमर पड, उन्नत राडार, उन्नत दृश्य-सीमा (बीवीआर) हावाबाट हावामा मार गर्ने मिसाइलहरू र महत्वपूर्ण रूपमा उत्तम रखरखावको साथमा आउनेछ। एमके-1ए र एमके-2 वर्तमान एमके-1 विमानको तुलनामा धेरै राम्रो सुविधाहरू र प्रौद्योगिकीहरूको साथ आउनेछ। भारतीय वायुसेना पाकिस्तान विरूद्ध आफ्नो लड़ाकू तयारीहरू बढ़ाउन र सोवियत कालको मिग-21 लड़ाकू विमानहरूलाई बिस्तारै बन्द गर्नुबीचको अन्तरलाई भर्न पश्चिमी क्षेत्रमा अगाड़ीका हवाई अड्डाहरूमा केही एलसीए तैनात गर्नेछ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande