ठियोगमा पाँच लाखको हेरोइनसितै हरियाणाका दुई तस्कर पक्राउ
ठियोगमा पाँच लाखको हेरोइनसितै हरियाणाका दुई तस्कर पक्राउ


शिमला, 29 मार्च (हि.स.)। शिमलाको ठियोग पुलिसले मादक पदार्थ हेरोइन सहित दुई तस्करलाई पक्राउ गरेको छ। तस्करहरूको कब्जाबाट पाँच लाख रुपियाँको हेरोइन जफत गरिएको छ। दुवै आरोपी हरियाणाका बासिन्दा हुन् जो कारमा सवार भएर हेरोइन बेच्न हिँड़ेका थिए।

ठियोग पुलिसलाई गए बिहीवार अबेर साँझ सुराकीले सूचना दियो, हरियाणा नम्बर भएको स्विफ्ट डिजायर कारमा सवार दुईजना मानिसहरू नशाको तस्करीमा संलिप्त छन् जो कुफरीदेखि ठियोग तर्फ गइरहेका छन्। त्यसपछि पुलिसले फागु नजिक नाका लगाएर कार संख्या एचआर26सीजी-1183 –लाई जाँच गर्नको लागि रोक्यो। कार सवार दुई व्यक्तिबाट 49 ग्राम हेरोइन जफत गरियो। अन्तरराष्ट्रिय बजारमा यसको मूल्य पाँच लाख रुपियाँ छ। तस्करहरू यसलाई थोरै-थोरै मात्रामा बिक्री गर्ने दाउमा थिए र यसको सौदा गर्न गइरहेका थिए।

ठियोगका डीएसपी सिद्धार्थ शर्माले शुक्रवार बताए, हेरोइनसितै पक्रा परेका आरोपीहरूको पहिचान मनोज कुमार (32), निवासी भवानी हरियाणा औ अनिल कुमार (41), निवासी हिसार हरियाणाको रूपमा भएको छ। यिनीहरूविरूद्ध एनडीपीएस एक्ट अन्तर्गत मुद्दा दर्ता गरी कारबाही गरिँदैछ। दुवै अभियुक्तलाई आज अदालतमा पेश गरेपछि हिरासतमा लिइनेछ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande