कांग्रेस पार्टीले आयकर विभागको नोटिसमा देशव्यापी विरोध प्रदर्शन गर्ने
कांग्रेस पार्टीले आयकर विभागको नोटिसमा देशव्यापी विरोध प्रदर्शन गर्ने


नयाँ दिल्ली, 29 मार्च (हि.स.)। कांग्रेस पार्टीले आफूले पाएको आयकर नोटिस विरूद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने निधो गरेको छ। शुक्रवार कांग्रेस पार्टीका महासचिव संगठन केसी वेणुगोपालले सबै राज्य एकाईहरूलाई यस मुद्दामा शनिवार सबै प्रदेश र जिल्ला कांग्रेस कमिटी मुख्यालयमा प्रदर्शन गर्ने निर्देश दिएका छऩ्।

केसी वेणुगोपालले एक चिट्ठी जारी गरी भनेका छन्, अब जबकि लोकसभा चुनाउको घोषणा भएको एक महिना भएको छ, यस्तो स्थितिमा आयकर विभागले बिहिवार 1823.08 करोड़ रूपियाँको नोटिस पठायो, जुन स्वीकार्य छैन। वेणुगोपालले चिट्ठीमा यो पनि भने, यसअघि आयकर विभागद्वारा कांग्रेस पार्टीको अकाउन्टबाट बलपूर्वक 125 करोड़ रूपियाँ निकालियो। आठ वर्ष पुरानो आयकर रिटर्नलाई आधार बनाएर आयकर विभागले जरिमाना लगाइरहेछ, जुन पूर्ण रूपमा गलत हो।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande