आमा-छोराको रक्तरञ्जित शव उद्धार, जाँचमा जुट्यो पुलिस
आमा-छोराको रक्तरञ्जित शव उद्धार, जाँचमा जुट्यो पुलिस


बीरभूम, 29 मार्च (हि.स.)। जिल्लाको मल्लारपुर क्षेत्रमा आमा-छोराको रगतमा लतपथ भएको शव भेटियो। पाँच वर्षीय छोराकी आमाको नाम सुमी हांसदा (25) हो। घटना शुक्रवार बिहान मल्लारपुरको आदिवासी क्षेत्रमा अघि आएको छ।

पुलिसको मान्यतामा आमा-छोरालाई कुनै धारिलो हतियारले प्रहार गरिएको छ। नानीको घटनास्थलमै मृत्यु भयो भने आमाको अस्पतालमा मृत्यु भयो। यो समाचार लेखुञ्जेलसम्म यस मामिलामा कसैलाई पक्राउ गरिएको थिएन। उल्लेखनीय छ, सुमी हांसदा मल्लारपुरको कनाची गाउँमा आफ्नी सासु र छोरासित बस्दै आएकी थिई। उसको पति मुम्बईमा काम गर्छ। सुमीले यसै क्षेत्रका पूर्व सैनिक अब्दुल गफ्फारको घरमा घरेलू काम गर्थी।

स्थानीय मानिसहरू अनुसार गए बिहीवार उसकी सासु कतै गएकी थिई। राती सुमी आफ्नो छोरासित घरमा एक्लै थिई। पुलिस मुताविक राती अँध्यारोमा कोही न कोही सुमीको घरमा आएको थियो। पुलिस घटनाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande