भारतको आध्यात्मिक चेतनाका अग्रदूत स्वामी स्मरणानन्दको निधन एक व्यक्तिगत क्षति हो- प्रधानमन्त्री
भारतको आध्यात्मिक चेतनाका अग्रदूत स्वामी स्मरणानन्दको निधन एक व्यक्तिगत क्षति हो- प्रधानमन्त्री


नयाँ दिल्ली, 29 मार्च (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार रामकृष्ण मिशन एवं मठका अध्यक्ष स्वामी स्मरणानन्द महाराजलाई श्रद्धाञ्जली अर्पित गरे। उनले भऩे, भारतको आध्यात्मिक चेतनाका प्रखर व्यक्तित्व स्वामी स्मरणानन्द समाधिस्थ हुनु व्यक्तिगत क्षति जस्तो हो।

प्रधानमन्त्रीले आफ्नो एक भावपूर्ण लेखमा भने, लोकसभा चुनाउको महापर्वको भागदौड़बीच एक यस्तो खबर आयो, जसले मन-मस्तिष्कमा केही क्षणको निम्ति विराम लगायो। केही वर्षपहिले स्वामी आत्मास्थानन्दको महाप्रयाण र अब स्वामी स्मरणानन्दले अनन्त यात्रामा प्रस्थान गर्नसाथ मानिसहरूलाई शोकमा डुबाएको छ। करोड़ौं भक्तहरू, सन्तजन र रामकृष्ण मठ एवं मिशनका अनुयायीहरू जस्तै मेरो मनपनि दुःखी छ। उल्लेख्य, स्वामी स्मरणानन्दको मंगलवार राति 95 वर्षको आय़ुमा निधन भयो।

प्रधानमन्त्रीले यस महिनाको शुरूआतमा आफ्नो कोलकाता यात्रालाई पनि याद गरे, जब उनले स्वामी स्मरणानन्दसित भेट गरेका थिए। प्रधानमन्त्रीले लेखे, स्वामी आत्मास्थानन्द सरह नै स्वामी स्मरणानन्दे आफ्नो पूरा जीवन आचार्य रामकृष्ण परमहंस, माता शारदा र स्वामी विवेकानन्दको विचारहरूको वैश्विक प्रसारलाई समर्पित गरे। यो लेख लेखेको समय मेरो मनमा उनीसित भएको भेट, उनीसित भएको कुरा, ती स्मृतिहरू जीवन्त भइऱहेछ। रामकृष्ण मिशन र बेलूर माठको साथ मेरो आत्मीय सम्बन्ध रहेको छ। स्वामी आत्मास्थानन्द एवं स्वामी स्मरणानन्दको जीवन रामकृष्ण मिशनको सिद्धान्त ‘आत्मनो मोक्षार्थं जगद्धिताय च’ को अमिट उदाहरण हो।

उनले लेखे, भारतको विकास यात्राको अनेक बिन्दुहरूमाथि हाम्रो मातृभूमिलाई स्वामी आत्मास्थानन्द र स्वामी स्मरणानन्द जस्ता अनेक सन्त महात्माहरूको आशीर्वाद प्राप्त छ, जसले हामीलाई सामाजिक परिवर्तनको नयाँ चेतना दिएका छन्। यी सन्तहरूले एक भएर समाजको हितमा काम गर्ने दीक्षा दिएका छन्। यी सिद्धान्त अहिलेसम्म शाश्वत छ र आउने कालखण्डमा यही विचार विकसित भारत र अमृतकालको संकल्प शक्ति बन्नेछ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande