छत्तीसगढ़मा सड़क दुर्घटना, 20 भन्दा धेरै घाइते, नौको मृत्यु
छत्तीसगढ़मा सड़क दुर्घटना, 20 भन्दा धेरै घाइते, नौको मृत्यु


रायपुर, 29 अप्रेल (हि.स.)। छत्तीसगढ़मा बेमेतरादेखि 18 किलोमिटर टाडा कठिया गाउॅं छेउ आइतवार अबेर राति भएको सडक दुर्घटनामा नौजनाको मृत्यु भएको छ। सडक छेउमा राखिएको एउटा मिनी ट्रक र पिकअप वाहन ठोकिॅंदा दुर्घटना भएको हो।

यस दुर्धटनामा 20 भन्दा धेरै घाइते भएका छन्। मृतकहरूमा 5 महिला र 3 जना नानी पनि सामेल छन्। घाइतेहरूमा चारजनाको स्थिति गम्भीर बताइएको छ। घाइतेहरूलाई रायपुर एम्स रेफर गरिएको छ। बेमेतराका जिलापाल रणवीर शर्माले सोमवार बिहान मृतकहरूको संख्या नौ र घाइतेहरूको संख्या 23 पुगेको जानकारी दिए।

एएसपी रामकृष्ण साहू अनुसार, पथर्रा गाउॅंका 30 भन्दा धेरै मानिसहरू एउटा पिकअप वाहनमा 8 किलोमिटर टाडा तिरवाइया गाउॅंमा छठीको कार्यक्रममा गएका थिए। खाना खाएर सबैजना पिकअपमा फर्किरहेका थिए। कठियां गाउॅंदेखि केही टाडा वाहन अनियन्त्रित बनेर सडक छेउ राखिएको एउटा मिनी ट्रकसॅंग ठोकियो। चारजनाको घटनास्थलमै मृत्यु भयो। रहल पॉंचजना घाइतेको अस्पतालमा मृत्यु भयो। मृतहरूमा पॉंच महिला र तीन नानी पनि सामेल छन्।

पुलिस अनुसार, दुर्घटनाको सूचना पाएपछि बेमेतरा जिल्लापाल र पुलिस अधीक्षक घटनास्थल पुगे। घाइतेहरूलाई अस्पताल पुऱ्याइयो। पछि, बेमेतरा विधायक दीपेश साहू अस्पताल पुगेर घाइतेहरूसॅंग भेट गरे।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande