अनुपस्थित पोलिङ र प्रिसाइडिङ अधिकारीहरूलाई लिएर प्रशिक्षण कार्यक्रम सम्पन्न
अनुपस्थित पोलिङ र प्रिसाइडिङ अधिकारीहरूलाई लिएर प्रशिक्षण कार्यक्रम सम्पन्न


नाम्ची, 15 अप्रेल (हि.स.)। नाम्ची जिल्लाका अनुपस्थित प्रिसाइडिङ र पोलिङ अधिकारीहरूलाई लिएर आज अन्तिम चरणको प्रशिक्षण कार्यक्रम नाम्चीको टाउन हलमा सम्पन्न भयो। कार्यक्रम अवधिमा पोलिङ र प्रिसाइडिङ अधिकारीहरूको चुनाउको दिन हुने मुख्य भूमिका साथै कागज पत्रको जाँचबारेमा प्रशिक्षण प्रदान गरियो।

यसरी नै कार्यक्रममा सहभागिहरूलाई इलेक्ट्रोनिक भोटिङ मशिन र भीभीपीएटी सञ्चालनबारे व्यवहारिक ज्ञान प्रदान गरिएको थियो। कार्यक्रममा सह जिल्लापाल पुल्कित, चुनाउ प्रकोष्ठकी उप सचिव भूमिका छेत्री लगायत अन्य अधिकारीहरूले प्रशिक्षण प्रदान गरेका थिए।

हिन्दुस्थान समाचार


 rajesh pande