भाजपाले समृद्ध सिक्किम र आत्मनिर्भर सिक्किम बनाउने लक्ष्य राखेको छौं: डीआर थापा
भाजपाले समृद्ध सिक्किम र आत्मनिर्भर सिक्किम बनाउने लक्ष्य राखेको छौं: डीआर थापा


गान्तोक, 15 अप्रेल (हि.स.)। भाजपाले सिक्किममा औद्योगिक क्रान्ति गर्ने घोषणा गर्दै सिक्किमको अर्थतन्त्रलाई आगामी 2035 सम्म 15 बिलियन डलर बराबरको बनाएर समृद्ध सिक्किम र आत्मनिर्भर सिक्किम बनाउने लक्ष्य राखेको छ। यसका लागि परिवर्तनशील योजना औद्योगिकीकरण (उन्नति) 2024 अन्तर्गत मेक-इन्- सिक्किमको पहल शुरू गरी उद्योगलाई कर लाभ, पुँजी सब्सिडी र उत्पादन प्रोत्साहन प्रदान गर्ने योजनाहरू सामेल गरिएको छ।

सिक्किममा नयाँ औद्योगिक पोलेसी लागू गरेर विभिन्न रोजगारका अवसरहरू सिर्जना गर्न भाजपा प्रदेश कमिटी कटिबद्ध रहको प्रेदश अध्यक्ष डीआर थापाले बताए। आज पत्रकारहरूसित बोल्दै थापाले सिक्किमको दीर्घमयादी विकासमा नयाँ औद्योगिक नीति नबनाएसम्म सिक्किममा आमुल परिवर्तन आउन नसक्ने, र भाजपा यस विषयमा गम्भीर रहेको जनाउँदै राज्यको चौतर्फी विकासमा औद्योगिक क्षेत्रको विकास हेतु प्रोत्साहन गर्न हर सम्भव कदमहरू चालिने बताए।

यस अघि सत्तारूढ सिक्किम क्रान्तिकारी मार्चा पार्टीले पनि यस्तै 2035 सम्ममा सिक्किमलाई 18 बिलियन डलर अर्थ व्यवस्था बनाउने लक्ष्य राखेको छ भनी सोधिएको प्रश्न माथि कटाक्ष गर्दै क्षेत्रीय पार्टीहरूमा कुनै नीति नरहेको र केवल यो सम्भव छ भने भाजपाबाट मात्रै सम्भव हुने दाबी गरे। भाजपाले दुई स्तरीय रूपमा 15 बिलियन डलरको अर्थ व्यवस्था बनाउने लक्ष्य राखेको केन्द्र सरकारसित सहकार्य नगरी सिक्किमको अर्थतन्त्रमा सुघार नआउने अध्यक्ष थापाको भनाइ रहेको छ।

सिक्किमको अर्थतन्त्र बलियो बनाउन वर्क फ्रम सिक्किम इनिशेयटिभ, को-वर्किङ स्ट्राट अप, जस्तो लघु योजनाहरू लागू गर्ने, सिक्किममा निवेश गर्न चाहनेहरूका लागि उचित वातावरण र रेड फाइल ट्यापिङलाई समाप्त गरेर दस वर्षको ट्याक्समा छुट दिने, व्यवसाय पञ्जिकरण अनि विद्युतमा छुट दिने जस्ता नियम बनाइने पनि थापाले जानकारी दिए।

गत वर्ष सिक्किममा सम्पन्न जी-20 अन्तर्गत सम्पन्न भएको सरकारलाई व्यापार (B2G) र व्यापार-देखि-व्यवसाय (B2B) अन्तर्गत फार्मा सम्मेलन आयोजन गरी राज्यमा फार्मा क्षेत्रमा निवेशलाई भित्र्याउने तथा आउँदो दस वर्षमा सिक्किमभित्र फार्मास्युटिकल युनिकर्न विकास गरिने पनि योजना रहेको जानकारी उनले गराए। यी सबै समृद्ध सिक्किमका लागि उपयुक्त परियोजनाहरू रहेका भन्दै सिक्किममा राष्ट्रिय तथा अन्तरराष्ट्रिय जगतका निवेशकहरूलाई सिक्किमप्रति आकार्षित गर्न सिक्किमका लागि जीवन्त लगानी शिखर सम्मेलनको आयोजना गरिने योजना पनि रहेको जनाए।

सिक्किममा निवेश बढाएर आउँदो पाँच वर्षमा सिक्किमे नागरिकहरूको प्रति व्यक्ति आय दोब्बर बनाउन सकिने भाजपा प्रतिवद्ध रहेको जानकारी गराए। सिक्किमको अर्को मूल व्यवसाय भनेको पयर्टन क्षेत्र रहेको हुनाले पर्यटक अनि पर्यटन व्यवसाय गर्नेहरूका लागि सिङ्गल विन्डो पेल्टफर्म मार्फत लाइसेन्स र पर्मिटहरू तत्काल अनलाइन प्राप्त गर्न सक्ने सरल व्यवस्था मिलाइने पनि योजना रहेको बताए।

सिक्किममा बढ्दो पर्यटन व्यवसायलाई मध्यनजर राख्दै भाजपाले एक सय करोड़ रूपियाँको सिक्किम एग्री-भञ्चर कोष आवण्टन गरी खाद्य प्रशोधनलाई बढवा दिने योजना तर्जुमा गरेको बताउँदै यस अतिरिक्त सिक्किममा जैविक खेतीलाई प्रोत्साहन गरिने, यसमा सहकारिता क्षेत्रलाई पनि समावेश गरिने योजना पाइप लाइनमा रहेको जनाए। यसबाट सिक्किमका कृषक, पुष्प खेती र बागवानी क्षेत्रले विशेष महत्व पाउने थापाले ठोकुवा गरे। भाजपा सरकारले उद्यामी कृषक अनि खाद्य प्रशोधनका क्षेत्रमा लगानी गर्नेहरूलाई ब्याजरहित ऋण यातायात अनुदान दिने प्रबन्ध मिलाउने योजना बनाएको छ, थापाले भने।

सिक्किममा स्वच्छ इन्धनको प्रयोग र उत्पादन सुनिश्चित गर्न राष्ट्रिय हरित हाइड्रोजन मिशन अधिनस्थ सिक्किम हरित हाइड्रोजन मिशन लागू गरी यसको प्रयोग र उत्पादनको निम्ति उद्योग स्थापना गर्ने लक्ष्य राखिएको छ। लघु उद्यमीहरूलाई महत्व दिँदै भाजपाले निवेश मेलाको पनि आयोजन गरी स्थानीय उद्यमीहरू र एमएसएमईहरूलाई सम्भावित लगानीकर्ताहरूसँग जोड्न साथै वित्तिय अवसरहरू खोज्न पनि मञ्च प्रदान घोषणा गरेको छ।

हिन्दुस्थान समाचार


 rajesh pande