प्रवर्तन निदेशालयले झारखण्डको जमीन घोटाला केसमा झामुमो नेता अन्तू तिर्की समेत चारलाई पक्राउ गऱ्यो
प्रवर्तन निदेशालयले झारखण्डको जमीन घोटाला केसमा झामुमो नेता अन्तू तिर्की समेत चारलाई पक्राउ गऱ्यो


रांची, 17 अप्रेल (हि.स.)। प्रवर्तन निदेशालय (ईडी) ले झारखण्डको बहुचर्चित जमीन घोटाला केसमा आज बुधवार झारखण्ड मुक्ति मोर्चा (झामुमो) नेता अन्तु तिर्की, प्रियरंजन सहाय, रियल एस्टेट कारोबारी विपिन सिंह एवं इरशादलाई पक्राउ गरेको छ। यिनीहरूको ठेगानाहरूमा मंगलवार बिहान छापा मारिएको थियो। यी सबैलाई अबेर राति रांची स्थित ईडी कार्यालय ल्याइयो, सोधपुछ गरियो र यसपछि यिनीहरूलाई पक्राउ गरियो।

ईडीले अन्तु तिर्कीको बरियातू मेडिकल चौक स्थित आवास, विपिन सिंहको मोरहाबादी स्थित आवासा, खेलगाउँ स्थित शेखर कुशवाहाको ठेगानाहरूका साथै कोकरमा प्रियरन्जन सहाय र लुगा कारोबारी इरशादको ठेगानाहरूमा रेड गरेको थियो। यस केसमा झारखण्डका पूर्व मुख्यमन्त्री हेमन्त सोरेनलाई जनवरीमा पक्राउ गरिएको थियो। हेमन्त अहिले राजधानी रांचीको होटवार स्थित बिरसा मुन्डा जेलमा बन्द छन्। ईडीले यसपछि भानु प्रताप प्रसाद र मोहम्मद सद्दाम हुसैनलाई पक्राउ गऱ्यो।

ईडी अधिकारीले सोरेन विरूद्ध रांचीमा 8.86 एकड़ जमीन हासिल गर्नसित जोड़िएको मामिलाको जाँच गरिरहेछ। ईडीले मंगलवार अफशार अलीलाई पक्राउ गरेको थियो। अली पहिलेदेखि नै मनी लन्ड्रिङ केसमा न्यायिक हिरासतमा छऩ्।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande