खरसाङमा भक्तिभावका साथ राम नवमी पालन
खरसाङमा भक्तिभावका साथ राम नवमी पालन


खरसाङ, 17 अप्रेल (हि.स.)। खरसाङ क्षेत्रमा आज राम नवमी भक्तिभावको साथमा पालन गरियो। राम नवमीको अवसरमा खरसाङ बजारमा विराट शोभायात्रा निकालिएको थियो। शोभायात्रा खरसाङको मोटर स्ट्याण्डबाट शुरु भएर हिलकार्ट रोड हुँदै अस्पताल मोड़बाट वर्द्धवान भएर पुन: मोटर स्ट्याण्डसम्म हुँदै खरसाङको नयाँ बजारस्थित जगनाथ मन्दिर परिसरमा पुगेर समापन भयो।

जगनाथ मन्दिरमा पूजा अर्चना गरियो। राम नवमीको अवसरमा आयोजित शोभायात्रामा जीटीएको प्रमुख कार्यपाल अनित थापाको पनि गेरुवा वस्त्र लगाएर सहभागी बनेका थिए। उनले पनि शोभायात्रामा सामेल भएर शहर परिक्रमा गरेका थिए।

यस अवसरमा राम, सिता र लक्ष्मणको भेषभूषामा झाँकीहरू पनि प्रदर्शन गरिएको थियो। राम नवमीमा खरसाङको गिद्ध पहाड़ क्षेत्रमा वर्षेनी लाग्ने मेला यसपाली पनि आयोजना गरिएको थियो जहाँ विभिन्न स्थानहरूबाट मानिसहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande