तीनधारे क्षेत्रमा राम नवमी पूजा सम्पन्न
तीनधारे क्षेत्रमा राम नवमी पूजा सम्पन्न


खरसाङ, 17 अप्रेल (हि.स.)। राम नवमीको अवसरमा तीनधारे क्षेत्रमा पनि भक्तिभावको साथमा पूजा अर्चना गरी पालन गरिएको छ। तीनधारेको क्रिकेट बजारस्थित रामेश्वर शिवालय मन्दिरमा राम नवमीको अवसरमा पूजा अर्चना गरियो। तीनधारे रामेश्वर शिवालय मन्दिर सुधार समितिको आयोजनामा पूजा अर्चना गरिएको बताइएको छ।

उक्त पूजा अर्चना पण्डित राजेन निरौलाद्वारा सम्पन्न गरियो। राम नवमीको अवसरमा विश्व शान्तिको लागि हवन पनि गरिएको जानकारी बताइएको छ। राम नवमीको पूजामा क्रिकेट बजार लगायत तीनधारे क्षेत्रका भक्तजन उपस्थित थिए।

पत्रकारहरूसित कुराकानी गर्दै रामेश्वर शिवालय मन्दिर सुधार समितिका सचिव बिनयकुमार छेत्रीले सबै भक्तजनमा राम नवमीको शुभकामना व्यक्त गरेका छन्। उनले रामनवमीको अवसरमा आयोजित पूजामा उपस्थितिका लागि सबै भक्तजनप्रति आभार प्रकट गरेका छन्।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande