बालगढ़मा भाजपाको ब्यानर जलाएको आरोप तृणमूलमाथि
बालगढ़मा भाजपाको ब्यानर जलाएको आरोप तृणमूलमाथि


हुगली, 18 अप्रेल (हि.स.)। रामनवमीको राती हुगली लोकसभा क्षेत्र अन्तर्गत बालगढ़को जिराट अस्पताल मोड़ क्षेत्रमा भारतीय जनता पार्टी (भाजपा)- को कार्यालयमा तोड़फोड़ भयो। साथै भाजपाका ब्यानरहरूलाई जलाइयो। हुगली लोकसभा सीटबाट भाजपा उम्मेद्वार लकेट च्यटर्जीले आरोप लगाइन्, यस घटनाको पछाड़ि तृणमूल कंग्रेसका गुण्डाहरूको हात छ।

लकेटले बिहीवार बिहान ''हिन्दुस्थान समाचार''- सित भनिन्, ''हिजो राती बालगढ़ जिराट अंचलमा तृणमूल कंग्रेसका मानिसहरूले हाम्रो फ्लेक्समा आगो लगाइदिए। म आज साढ़े चार बजे त्यहाँ पुग्नेछु। अहिलेघरि हाम्रा कार्यकर्ताहरू त्यहाँ छन्। तृणमूलमाथि जनतालाई विश्वास छैन, यसैले उसले यस किसिमको गतिविधि गरिरहेको छ। हाम्रा कार्यकर्ताहरूलाई धम्की एवं डर देखाइरहेको छ ताकि उनीहरू चुनाउमा सक्रिय हुन नसकुन्।''

भाजपाका आरोपहरूमाथि प्रतिक्रिया बुझ्नको लागि हिन्दुस्तान समाचारले हुगलीबाट तृणमूल कंग्रेस उम्मेद्वार रचना ब्यनर्जीलाई फोनमा सम्पर्क गर्ने प्रयास गऱ्यो, तर उनीसित सम्पर्क हुन सकेन।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande