मुर्शिदाबादको रेजीनगरमा हिंसापछि स्थिति तनाउपूर्ण, क्षेत्रमा सेण्ट्रल फोर्सको मार्च
मुर्शिदाबादको रेजीनगरमा हिंसापछि स्थिति तनाउपूर्ण, क्षेत्रमा सेण्ट्रल फोर्सको मार्च


कोलकाता, 18 अप्रेल (हि.स.)। पश्चिम बंगालमा मुर्शिदाबादको रेजीनगरमा बुधवार सॉंझ रामनवमीको शोभायात्रामा हिंसापछि स्थिति तनाउपूर्ण छ। हमलापछि एसपी र डीएम घटनास्थल पुगेका छन्। पुलिसले रातभरि क्षेत्रमा पेट्रोलिङ गरिरह्यो।

रेजीनगरमा बिहिवार स्थिति सामान्य देखिएको छैन। कानुन व्यवस्थाको बहाली र मानिसहरूको मनमा सुरक्षाको बोध गराउन क्षेत्रमा सेण्ट्रल फोर्सले रूट मार्च गरेको छ। बीएसएफ, सीआरपीएफ, सीआईएसएफ र अन्य सीएपीएफ जवानहरू क्षेत्रमा पुलिसॅंग मिलेर पेट्रोलिङ गरिरहेका छन्।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande