बंगालमा 40 देखि माथि पुग्यो पारा, सामान्य वर्षाबाट राहत पाइने सम्भावना
बंगालमा 40 देखि माथि पुग्यो पारा, सामान्य वर्षाबाट राहत पाइने सम्भावना


कोलकाता, 18 अप्रेल (हि.स.)। महानगर कोलकाता समेत राज्यका अन्य भागहरूमा भीषण गर्मीले मानिसहरूको बेहाल भएको छ।

अलिपुरस्थित मौसम विभागको क्षेत्रीय मुख्यालयद्वारा बिहीवार जारी बयानमा बताइएको छ, राज्यका दक्षिणी भागहरूमा तापमान 40 डिग्री सेल्सियस माथि पुगेको छ। कोलकातामा न्यूनतम तापमान 29.4 डिग्री सेल्सियस र अधिकतम तापमान 39.4 डिग्री सेल्सियस कायम छ। यो तापमान सामान्यभन्दा चार डिग्री अधिक हो।

यस अतिरिक्त हावड़ा, हुगली, उत्तर र दक्षिण 24 परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरूलिया, बाँकुड़ा, मुर्शिदाबाद, मालदा औ झारग्रामका क्षेत्रहरूमा तापमान 30 देखि 40 डिग्री सेल्सियसबीच कायम छ। जसले गर्दा भयानक गर्मी महसूस भइरहेको छ।

मौसम विभागले बताएको छ, दिनभरि शुष्क मौसम रहनेछ र गर्मी भइरहनेछ। हाल यस सम्पूर्ण साताभरि यस्तै मौसम रहनेछ। उत्तर बंगालका अलिपुरद्वार, कुचबिहार, जलपाईगुड़ी, दार्जीलिङ र कालेबुङमा पनि गर्मी कायम छ। तथापि राज्यका पहाड़ी क्षेत्रहरूमा सामान्य वर्षा हुनसक्छ जसकारण गर्मीबाट थोरै भए पनि राहत पाइनेछ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande