अशान्तिको निम्ति ममता ब्यानर्जीलाई जिम्मेवार बताउॅंदै भाजपाद्वारा चुनाउ आयोगमा उजुरी
अशान्तिको निम्ति ममता ब्यानर्जीलाई जिम्मेवार बताउॅंदै भाजपाद्वारा चुनाउ आयोगमा उजुरी


कोलकाता, 18 अप्रेल (हि.स.)। लोकसभा चुनाउको निम्ति पहिलो चरणको मतदानभन्दा अघि भाजपाले मुख्यमन्त्री ममता ब्यानर्जीमाथि हिंसा फैलाएको आरोप लगाउॅंदै चुनाउ आयोगको दैलो ढकढकाएको छ। भाजपाले जलपाइगढ़ीको एक सभामा ममताले बोलेका तीन वाक्यामाथि आपत्ति जनाएको छ।

आयोगलाई पत्र लेखेर ती वाक्यहरूलाई ध्यानमा राख्दै तृणमूल सुप्रीमो विरुद्ध कारबाहीको माग गरिएको छ। भाजपाले जलपाइगढ़ीको सभामा ममताले भोटरहरूलाई हिंसाको निम्ति उक्साएको आरोप लगाएको छ, जुन मानक आचार संहिताको विपरित छ।

हालैमा ममताले जलपाइगढ़ी जिल्लाको मैनागढ़ीमा एक जनसभा गरेकी थिइन्। उनले त्यहॉं केही भाजपा कार्यकर्ताहरूले उनको गाडीलाई निशाना बनाएको र 'चोर—चोर' को नारा लगाएको बताएकी थिइन्। भाजपाले आयोगलाई दिएको पत्र अनुसार, यसपछि ममताले भाजपा कार्यकर्ताहरूलाई लिएर भनिन्, 'यति हिम्मत, मेरो गाड़ी देखेर चोर—चोर भन्ने! यदि मलाई मौका मिलेको भए म जिब्रो थुतिदिने थिए। मैले भोटिङका कारण केही भनिन।'

भाजपाले आयोगलाई पत्रमा भनेको छ, 'ममाले स्पष्ट रूपमा आफ्नो मनको कुरा व्यक्त गरेकी छन्। उनले स्वयंलाई रोकेर राखेको उनको भनाई हो। उनले जे बोलिनन् त्यो पनि एकदम स्पष्ट छ। चुनाउपछि उनले फेरि हिंसा शुरू गर्नेछन्। मुख्यमन्त्रीको यस्तो टिप्पणी घृणास्पद र हिंसक छ। आचार संहिता अनुसार चुनाउभन्दा अघि यस्तो कुनै पनि कुरा गर्न पाइॅंदैन।'

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande