रिषड़ा रामनवमी शोभायात्रामा मलाई प्रभु श्री रामको चरणमा पुष्प अर्पण गर्नदेखि रोकियो: कबीर शंकर बोस
रिषड़ा रामनवमी शोभायात्रामा मलाई प्रभु श्री रामको चरणमा पुष्प अर्पण गर्नदेखि रोकियो: कबीर शंकर बोस


हुगली, 18 अप्रेल (हि.स.)। पश्चिम बंगालको श्रीरामपुर लोकसभा सीटबाट भारतीय जनता पार्टी (भाजपा)- का उम्मेद्वार कबीर शंकर बोसले गए बुधवार राती एक आपतकालीन प्रेस कन्फ्रेन्स आयोजना गरी पुलिसमाथि आरोप लगाए, गए बुधवार साँझ उनी रिषड़ामा आयोजित रामनवमीको शोभायात्रामा प्रभु श्री रामको पूजा गर्न तथा श्रीरामको चरणमा पुष्प अर्पण गर्न गइरहेका थिए। पुलिसले उनलाई रोक्यो।

कबीरले भने, सन्ध्या बजार पार गरेपछि मलाई पुलिसले अचानक रोक्यो। शोभायात्रा अघि बढ़िसकेको थियो। म त्यहाँ प्रभु श्रीमको चरणमा पुष्प अर्पण गर्न गइरहेको थिएँ। तर रिषड़ा थाना प्रभारीले मलाई रोके।

उनले मसित भने, अदालतको निर्देश अनुसार शोभायात्रामा कोही पनि राजनीतिक व्यक्ति सामेल हुन सक्दैन। मैले उनलाई अदालतको निर्देश देखाउने आग्रह गरेँ। म त्यहाँ 20 मिनटसम्म बसेँ। त्यसबेलासम्ममा प्रभु श्रीरामको शोभायात्रा धेरै अगाड़ि बढ़िसकेको थियो। धेरै समय बितिसकेपछि मलाई कोर्टको एउटा अर्डर देखाइयो। तर त्यसमा यस्तो केही पनि उल्लेख गरिएको थिएन।

कबीरले अझ भने, म प्रशासनसित प्रश्न गर्न चाहन्छु, अदालतको कुन निर्देशमा लेखिएको छ कि म एकजना सनातनी हिन्दूले प्रभु श्री रामको चरणमा पुष्प अर्पित गर्न सक्दिनँ? त्यसपछि मैले पुलिस कमिश्नरलाई फोन गरे।

कमिश्नरले मसित भने, तपाई जान सक्नुहुन्छ। उनले मलाई वाहनमा जाने सल्लाह दिए। तर त्यसबेलासम्ममा शोभायात्रा आफ्नो गन्तव्यमा पुगिसकेको थियो। यसैले म फर्किएँ। मेरो पूजा गर्ने मौलिक अधिकारको हनन भएको छ। म पुलिसको भूमिकाको निन्दा गर्दछु। म पुलिस प्रशासन विशेष रिषड़ा थाना प्रभारीविरूद्ध अदालतमा जानेछु।''

प्रेस कन्फ्रेन्समा भाजपा उम्मेद्वारले एउटा तस्वीर देखाए जसमा श्रीरामपुरमा तृणमूल ट्रेड यूनियनका नेता रंजित दास हातमा तरवार बोकेर श्रीरामपुरको शोभायात्रामा सामेल भएका छन्। कबीरले भने, ''मलाई प्रभुका चरणहरूमा पुष्प अर्पण गर्नको लागि पुलिसले शोभायात्रामा जानदिएन। तर अदालतले कठोर फसेला दिएको भए पनि एकजना तृणमूल नेता हातमा तरवार बोकेर शोभायात्रामा सामेल भएका छन्। म चाँड़ै नै यस सम्पूर्ण विषयलाई अदालत समक्ष राख्नेछु।''

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande