बारूईपुरमा सड़क दुर्घटना, दुई वाहनको भिड़न्तमा दुईजनाले गुमाए ज्यान
बारूईपुरमा सड़क दुर्घटना, दुई वाहनको भिड़न्तमा दुईजनाले गुमाए ज्यान


कोलकाता, 18 अप्रेल (हि.स.)। दक्षिण 24 परगनाको बारूईपुरमा बिहीवार बिहान भएको एक सड़क दुर्घटनामा दुईजना मानिसहरूको मृत्यु भयो भने गम्भीर रूपमा घाइते एकजनालाई बारूईपुर उपजिल्ला अस्पतालमा भर्ती गरिएको छ। पुलिस घटनाको जाँचमा जुटेको छ।

बिहीवार बिहान सूर्यपुर हाटदेखि यात्रीहरूलाई लिएर बारूईपुर तर्फ आइरहेको एउटा अटो बारूईपुर गर्ल्स स्कूल नजिक आइपुगेपछि विपरीत दिशाबाट आइरहेको ट्रकसित ठोक्कियो। घटनापछि खैलाबैलाको फाइदा उठाएर ट्रक चालकले घटनास्थलबाट सुइँकुच्चा ठोक्यो जसको खोजीमा पुलिस लागिपरेको छ। यद्यपि घातक ट्रकलाई भने पुलिसले जफत गरेको छ।

यसरी दुईवटा वाहन आपस्तमा ठोक्किँदा अटो चालक र त्यसमा सवार एकजना यात्री गम्भीर रूपमा घाइते भए। उनीहरूलाई हतार-हतार अस्पतालमा पुऱ्याइयो जहाँ डाक्टरहरूले दुवैलाई मृत घोषित गरिदिए।

अर्को एकजना अटो यात्री पनि गम्भीर रूपमा घाइते भएका छन् जसलाई बारूईपुर महकुमा अस्पतालमा भर्ती गरिएको छ। यो समाचार लेखुञ्जेलसम्म पनि मृतकहरूको पहिचान हुन सकेको थिएन। पुलिस घटनाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande