भागोप्रमोको चुनावी सभा, प्रशाखा कमिटी गठन
भागोप्रमोको चुनावी सभा, प्रशाखा कमिटी गठन


खरसाङ, 19 अप्रेल (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको घैयाबारी अन्तर्गत कालीमाट्टीमा प्रशाखा कमिटी गठन गर्न सभा सम्पन्न भयो। उक्त सभा भागोप्रमो खरसाङ महकुमा समितिको उपाध्यक्ष प्रेम प्रधानको अध्यक्षतामा सम्पन्न भयो।

सभासाई सभासद नवराज छेत्री, भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, प्रवक्ता बिपन विश्वकर्म, युवा शक्ति तीनधारे महानदी समष्टिका सभापति केवल राई, सभाध्यक्ष एवं भागोप्रमो खरसाङ महकुमा समितिका उपाध्यक्ष प्रेम प्रधान आदिले सम्बोधन गरेका थिए।

सभामा वक्ताहरूले आगामी लोकसभा चुनाउमा भागोप्रमो समर्थित तृणमूल कंग्रेसका प्रार्थी गोपाल लामालाई भारी मतले बिजय बनाउन आह्वान् गरे। सभामा भागोप्रमो कालीमाट्टी प्रशाखा कमिटी पनि गठन गरियो। सभामा भागोप्रमो घैयाबारी बुथ नम्बर 254 अन्तर्गत कालीमाट्टीमा प्रशाखा कमिटी गठन गरियो। कमिटीमा सभापति सुरज सुराल, उप सभापति आरबी थापा, सचिव प्रनित राई, सह सचिव राजीव गजमेर, कोषाध्यक्ष कमल दुराल साथै मुख्य सल्लाहकारहरू र कार्यकारी सदस्यहरू चयन गरिएका छन्।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande