पंखाबारी लङ्गभ्यु अम्बटे समष्टिमा जीटीए कर्मचारीको सभा
पंखाबारी लङ्गभ्यु अम्बटे समष्टिमा जीटीए कर्मचारीको सभा


खरसाङ, 19 अप्रेल (हि.स.)। पंखाबारी लङ्गभ्यु अम्बटे समष्टि अन्तर्गत पंखाबारी सार्वजनिक भवनमा जीटीए कर्मचारी संगठनको एक जरूरी सभा सुरज प्रधानको सभापतित्वमा सम्पन्न भयो। समष्टि सचिव ललित प्रधानले सञ्चालन गरेको सभालाई समष्टि कार्यकारी सभासद कल्पना प्रधान, जीटीए कर्मचारी सभापति साजन गतराज, सचिव सुधम शर्मा, भरत विश्वकर्म, सुनिल छत्री आदिले सम्बोधन गरेका थिए।

सभामा जीटीए कर्मचारी संगठनको पक्षबाट आगामी लोक सभा चुनाउमा भागोप्रमो समर्थित प्रार्थी गोपाल लामालाई सहयोग गर्ने निर्णय लिइयो। साथै पार्टी संस्थापक अध्यक्ष अनित थापाको हात दह्रिलो पार्न संगठनले पूर्ण सहयोग गर्ने प्रण गरेको जानकारी प्राप्त भएको छ।

सभालाई सम्बोधन गर्दै समष्टि कार्यकारी सभासद कल्पना प्रधानले जीटीए कर्मचारी संगठनको निर्णयको निम्ति आभार प्रकट गरिन्। उनले आगामी लोक सभा चुनाउमा गोपाल लामाको जीत निश्चित रहेको पनि जनाइन्। उनले भाजपामाथि धोका दिएको आरोप लगाउॅंदै यसको जवाफ गोर्खा जातिले गोपाल लामालाई बहुमत खसालेर दिनुपर्ने बताइन्।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande