जलपाईगुड़ीमा भाजपाको चुनाउ कार्यालयमा आगो लगाइयो
जलपाईगुड़ीमा भाजपाको चुनाउ कार्यालयमा आगो लगाइयो


कोलकाता, 19 अप्रेल (हि.स.)। पश्चिम बंगालमा पहिलो चरणको मतदानसँगसँगै हिंसाका समाचारहरू पनि प्रकाशमा आइरहेका छन्। जलपाईगुड़ी जिल्लाको डाबग्राम फूलबाड़ी विधानसभा क्षेत्रको सिपाईपारामा भारतीय जनता पार्टी (भाजपा)-को चुनाउ कार्यालयमा राती आगो लगाइदियो। पार्टीका झण्डा र ब्यानरहरू पनि जलेर खरानी भएको छ।

क्षेत्रका बूथ अध्यक्ष औ भाजपा कार्यकर्ता गौतम रायले भनेका छन्, ''घटना राती नौ बजेपछि भएको हो। हामी सबै काम सकेर आ-आफ्नो घरतिर गइसकेका थियौं। त्यसपछि पार्टी कार्यालयमा आगो लगाइयो। मैले स्थानीय भाजपा विधायक शिखा च्यटर्जी सहित प्रशासनलाई पनि घटनाको सम्पूर्ण जानकारी दिसकेको छु।”

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande