नागाल्याण्डमा शान्तिपूर्वक मतदान, पूर्वी नागाल्याण्डमा मतदान बहिष्कार
नागाल्याण्डमा शान्तिपूर्वक मतदान, पूर्वी नागाल्याण्डमा मतदान बहिष्कार


कोहिमा, 19 अप्रेल (हि.स.)। लोकसभा चुनाउको आज पहिलो चरणमा नागाल्याण्डमा भइरहेको चुनाउमा शान्तिपूर्ण ढंगमा मतदान भएको समाचार प्राप्त भएको छ। प्राप्त सूचन अनुसार कहीँबाट पनि कुनै प्रकारको अप्रिय घटना भएको समाचार प्राप्त भएको छैन। यद्यपि म्यान्मार संलग्न पूर्वी नागाल्याण्डका जिल्लाहरूमा बन्द डाकिएको कारणले पोलिंग बूथहरूमा सन्नाटा छाएको छ। तथापि समग्रममा भन्न पर्दा नागाल्याण्डमा मतदान शान्तिपूर्वक भइरहेको छ।

यसबीच नागाल्याण्डका मुख्य चुनाउ अधिकारीले पूर्वी नागाल्याण्ड पिपल्स अर्गेनाइजेशन (ईएनपीओ)- लाई सम्पूर्ण पूर्वी नागाल्याण्ड क्षेत्रमा अनिश्चितकालीन बन्द घोषित गर्नको लागि नोटिस जारी गरेको छ।

उल्लेखनीय छ, चुनाउ घोषणा भएदेखि नै यो संगठनले आफ्ना मागहरूलाई लिएर चुनाउ बहिष्कार गर्ने कुरा गर्दै आइरहेको छ। जानकारी अनुसार नागाल्याण्डको एकमात्र लोकसभा सीटको लागि शुक्रवार बिहान 11 बजेसम्म 13.51 प्रतिशत मतदान भयो। मतदान बिहान 7 बजे शुरू भयो जुन आज साँझ 4 बजेसम्म हुनेछ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande