पवन चामलिङले गरे आगामी सरकार एसडीएफले बनाउने दाबी
पवन चामलिङले गरे आगामी सरकार एसडीएफले बनाउने दाबी


गान्तोक, 19 अप्रेल (हि.स.)। एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले आगामी सरकार एसडीएफले बनाउने दाबी गरेका छन्। पोकलोक कामराङ निर्वाचन क्षेत्रका उम्मेदवार चामलिङले आज नाम्चीमा भोट हालेपछि यस्तो दाबी गरेका हुन्।

पत्रकारहरूसित कुराकानी गर्दै चामलिङले आगामी सरकार एसडीएफले बनाउॅंदैछ र यस कुरामा म स्पष्ट छु भनी बताए। उनले भने, जनताले हाम्रो सरकार चाहेको छ। यसमा मेरो कुनै भूमिका छैन। म जनताको आदेश पालन गर्दैछु।

चामलिङ नाम्चेबुङ निर्वाचन क्षेत्रबाट पनि चुनाउ लडिरहेका छन्। एक प्रश्नको जवाफमा उनले आफु पहिलोपल्ट नाम्चीबाट बाहिर चुनाउ लड्न निक्लिएको जानकारी गराए। पोकलोक कामराङ र नाम्चेबुङका जनताको माग अनुसार आफुले उक्त निर्वाचन क्षेत्रहरू रोजेको उनले बताए। उनले नाम्चेबुङका जनताले समर्थन गरेको र जनता खुशी रहेको पनि बताए।

एक अन्य प्रश्नको जवाफमा चामलिङले 1994 को चुनाउमा अहिलेको जस्तो डरको माहोल थिएन भनी बताए।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande