सिक्किम चुनाउ: तीन बजीसम्म विसमा 52.73 प्रतिशत र लोसमा 52.72 प्रतिशत मतदान
सिक्किम चुनाउ: दिउॅंसो तीन बजीसम्म 52.73 प्रतिशत मतदान


गान्तोक, 19 अप्रेल (हि.स.)। सिक्किममा आज (शुक्रवार) 11औं विधानसभा (विस) चुनाउका साथै 18औं लोकसभा (लोस) चुनाउको निम्ति पनि मतदान भइरहेको छ। बिहान सात बजीदेखि शुरू भएको मतदान शान्तिपूर्वक चलिरहेको छ।

भारतको निर्वाचन आयोगले जारी गरेको रिपोर्ट अनुसार, राज्यमा दिउॅंसो 3 बजीसम्म विसमा 52.73 प्रतिशत र लोसमा 52.72 प्रतिशत मतदान भएको छ। राज्यमा सर्वाधिक मतदान मंगन जिल्ला अन्तर्गत जङ्गु निर्वाचन क्षेत्रमा भएको छ, जहॉं दिउॅंसो तीन बजीसम्म 65.6 प्रतिशत मतदान रेकर्ड गरिएको छ।

यसरी नै दोस्रो सर्वाधिक मतदान नाम्ची जिल्लाको नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रमा भएको छ, जहॉं 63.95 प्रतिशत मतदान भएको छ। तेस्रो सर्वाधिक मतदान मंगन जिल्लाको लाचेन मंगन निर्वाचन क्षेत्रमा भएको छ, जहॉं 59.14 प्रतिशत मतदान रेकर्ड गरिएको छ।

उल्लेखनीय छ, सिक्किमको लोकसभा चुनाउमा दुई राष्ट्रिय दल भाजपा र कांग्रेसलगायत क्षेत्रीय राजनीतिक दल एसकेएम, एसडीएफ, क्याप सिक्किम र एसआरपीले उम्मेदवार उतारेका छन्। यसैगरी, आठ स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन्।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande