तृणमूल उम्मेद्वार जगदीश चन्द्र बसुनियाले गरे मतदान
तृणमूल उम्मेद्वार जगदीश चन्द्र बसुनियाले गरे मतदान


कोलकाता, 19 अप्रेल (हि.स.)। पश्चिम बंगालको कुचबिहार, अलिपुरद्वार औ जलपाईगुड़ी लोकसभा क्षेत्रमा शुक्रवार बिहानदेखिकै मतदान भइरहेको छ। कुचबिहारका तृणमूल उम्मेद्वार जगदीशचन्द्र वर्मा बसुनियाले सिताई विधानसभा क्षेत्रस्थित आफ्नो बूथमा मतदान गरे।

यहाँ उनले भने, सम्पूर्ण क्षेत्रमा शान्तिपूर्ण ढंगमा मतदान भइरहेको छ। यद्यपि उनले कतिपय क्षेत्रहरूमा भाजपा कार्यकर्ताहरूले हिंसा गर्ने प्रयास गरेको आरोप पनि लगाए।

उनले केन्द्रिय बलहरूमाथि पनि तृणमूल कार्यकर्ताहरूलाई रोक्ने प्रयास गरेको आरोप लगाए। बिहान उनी मतदान गर्नका लागि मतदान केन्द्रमा पुग्दा उनीसित ठूलो संख्यामा तृणमूल कार्यकर्ताहरू उपस्थित थिए जसलाई मतदान केन्द्र बाहिर केन्द्रिय बलका जवानहरूले रोकेर राखेका थिए।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande